इटहरीमा खुकुरी प्रहार घटनामा संलग्न सात जना पक्राउ
इटहरीमा बुधबार एक युवकमाथि भएको खुकुरी प्रहारको घटनामा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इटहरी ६ स्थित कुवेर चौकमा इटहरी १६ का २१ वर्षीय प्रवेश बुढाथोकी माथि खुकुरी प्रहार भएको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार खुकुरी प्रहारको घटनामा संलग्नहरूलाई प्रहरीले विराटनगरको बरगाछीबाट बुधबार राति ९...












