गोताखोरको मद्दतले सुनकोशी नदीमा खसेको गाडी भेटिएको छ। गाडीमा सवार तीन जनाको अवस्था अहिले सम्म अज्ञात नै छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनीलकुमार खड्काका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो।

शनिबार खोटाङको हलेसीबाट भक्तपुर आउँदै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग सडकबाट सुनकोशी नदीमा खसेको थियो। गाडीमा सवार चारमध्ये एक जनाले हामफालेर ज्यान जोगाएका थिए।

डिएसपी खड्काका अनुसार गाडीबाट हामफालेका भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कपाली घाइते छन्। उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ। अन्य तीन जना भने बेपत्ता छन्।

बेपत्ता हुनेहरूमा जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु, ३७ वर्षीय बलराम घटुवा छन्। उनीहरूको खोजीका लागि २७ जना नेपाल प्रहरी, गोताखोरसहित १० जनाको सशस्त्र प्रहरीको टोली खटिएको थियो। शनिबार बिहान २ बजेसम्म खोजी गर्दा गाडी भेटिएपनि यात्रुहरू नभेटिएको डिएसपी खड्काले जानकारी दिए।

उनीहरूको खोजी आज पुनः सुरू गर्न लागिएको उनले बताए। गाडी रहेको स्थान पत्ता लागेपछि गोताखोर टोलीले फलामको डोरी लगेर गाडीमा बाँधेर नदीबाहिर निकालिएको थियो। उक्त गाडी अहिले नदी किनारमा राखिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia