खाँदबारी–नुम सडकखण्डको कालोपत्रको काम सुस्त गतिमा
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथाङ्का–विराटनगर कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने काम सुस्त गतिमा छ ।
ठेक्का लागेको १९ महिनामा करिब १७ प्रतिशत मात्रै काम भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाल...












