संखुवासभाको खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार
संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्प नजिकै घरायसी विवादमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका हुन् । गए राति खाँदबारी–७ स्थित आर्मी क्याम्प नजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिएका छन् ।
घरायसी विवाद हुँदा खाँदबारी नगरपालिका...












