नेपाललाई सी, मोदी र पुटिनको शोक सन्देश- भूकम्पको खबरले स्तब्ध छौँ, सहयोग गर्न तत्पर छौँ
काठमाडाै । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मात्रामा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै नेपाललाई छिमेकी मुलुकसहित विभिन्न देशले शोक सन्देश पठाउने क्रम जारी छ। शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सैयौँ संख्यामा घाइते भएका छन्। करोडौँ बराबरको भौतिक स...











