एजेन्सी । प्यालेस्टिनी लडाकु समूह हमासले थप दुईजना बन्धकलाई रिहा गरेको छ। उनीहरू दुवै इजरायली महिला हुन्।यसअघि हमासले अमेरिकी आमा–छोरीलाई रिहा गरेको थियो।

मंगलबार बिहान रिहा गरिएका दुई महिला हुन्– ७९ वर्षीया नुरिट कुपर र ८५ वर्षीया योचेभ लिफसिट्ज। उनीहरूलाई उपचारका लागि इजरायलको तेल अभिभ ल्याइएको बीबीसीले जनाएको छ। हमासले यी दुई महिलालाई ‘मानवीय’ र स्वास्थ्य कारणले रिहा गरिएको बताएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia