विदेशी लगानीका उद्योगमा सरकारको निगरानी

विदेशी लगानीका उद्योगमा सरकारको निगरानी
काठमाडौं, १२ भदौ ।  उद्योग धन्दा गर्ने उद्देश्य भएका विदेशी लगानीका कम्पनीले धर्मप्रचार गरिरहेका त छैनन् ? यही आशंकामा सरकारले त्यस्ता उद्योग र कम्पनीहरूप्रति निगरानी बढाएको छ ।विदेशी लगानीमा सञ्चालित कतिपय कम्पनीले उद्देश्यअनुसार काम नगरेको र व्यापारिक प्रवेशाज्ञा (भिसा) लिएर इसाई धर्म प्रचार गरेको भेटिएपछि सरकार त्यस्ता उद्योग र तिनका संचालकप्रति कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले गत असार दो...

काम नभए पनि बसीबसी भत्ता !

काम नभए पनि बसीबसी भत्ता !
के तपाई बेरोजगार हुनुहुन्छ ? सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता दिनेछ । संविधानको धारा ३३ मा ‘रोजगारीको हक’सम्वन्धी व्यवस्था छ । यो मौलिक हक हो, संविधानमा ३१ प्रकारका मौलिक हक उल्लेख छन् । यस धाराको उपधारा (१) मा भनिएको छ– ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको सर्त, अवस्था र वेरोजगार सहायता संघीय कानूनबमो...

वाइड बडी खरिद अनियमितता छानबिनमा

वाइड बडी खरिद अनियमितता छानबिनमा
काठमाडौं, १२ भदौ ।  पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइ छानबिन थालिएको बताए । निगमले दुईवटा वाइड बडी विमान खरिद गर्दा देखिएका र सार्वजनिक भएका सम्पूर...

‘बलियो बनाऊँ बिमस्टेक’

‘बलियो बनाऊँ बिमस्टेक’
काठमाडौं, १० भदौ ।  बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) लाई बलियो बनाउन विज्ञहरूले सुझाएका छन् । बिम्स्टेक प्रभावकारी बनाउन यसको सचिवालय नेतृत्व राजनीतिक तहबाटै हुने गरी पुनर्संरचना हुनुपर्ने उनीहरूको धारणा छ । यसअघि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई राजनीतिक नेतृत्व वा त्यो सरहको भूमिका आवश्यक रहनुपर्ने बताउ“दै आएका विज्ञहरूले यस्...

महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन गरेका छन् । अध्यक्ष होमनारायण श्रेष्ठलगायतका जनप्रतिनिधिले सडक निर्माणमा फर्जी कागजात मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीयले आयोगमा निवेदन दिएका हुन् । १४४२ नम्बरमा दर्ता भएको उजुरीमा स्थानीयले हस्ताक्षर गरेको छ । श...

कर नबढाइएको मेयरको स्पष्टोक्ति

कर नबढाइएको मेयरको स्पष्टोक्ति
इनरुवा /स्थानीय तहले अचाकली कर बढाएको भन्ने विषयलाई इनरुवा नगरपालिकाले भने भ्रामक र झुटो भएको बताएको छ । नगरपालिकाले आम सर्वसाधारणको ढाड सेक्ने गरी कर लादेको भन्ने आरोपलाई निराधार र झुटो भएको बताएको छ । नगर प्रमुख राजन मेहताले हल्ला पैmलिएको नभई फैलाइएको भन्दै निराधार कुराको पछि नलाग्न नगरवासीमा आग्रह गर्नु भएको छ । नगर प्रमुख मेहताले विज्ञप्ती जारी गर्दै नगरवासीमा कर सम्वन्धि देखिएको दुविधालाई प्...

इनरुवा कृषि केन्द्र बन्दै, विकासमा फड्को मार्दै

इनरुवा कृषि केन्द्र बन्दै, विकासमा फड्को मार्दै
इनरुवा, भदौं ८ । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा जनप्रतिनिधि आएपछि विकासले गति लिएको छ । नगर क्षेत्रको सडकबाटो निर्माण र विस्तारसगैं कृषि क्षेत्रको समेत विकासमा नगरपालिका लागेको नगर प्रमुख राजन मेहताले बताउनुभएको छ ।  मेहताले निर्वाचित भएको दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा इनरुवा क्षेत्रलाई कृषि पहिचान क्षेत्र बनाउने कार्यक्रम ल्याएको बताउनुभएको हो । वहाँले आफू नेपाली काग्रेंसको...

छोरी जन्मिए बैँक खाता !

छोरी जन्मिए बैँक खाता !
बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन । परिवारले जन्म द र्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्म गरिदिए । नगरपालिकाले खाता खोलिदिएपछि छोराका लागि बचत गर्ने प्रेरणा मिल्यो, आमा सुशीलाले भनिन्, छोरी विद्यालय जाँदासम्म ५० हजार रकम जम्मा गरिदिने लक्ष्य छ । प्रतिज्ञाको मत्र हो...

विमस्टेकमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी

विमस्टेकमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी
काठमाडौं, ८ भदौ  ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी भएको छ । यससँगै क्षेत्रीय व्यापार र कनेक्टिभिटी पनि सम्मेलनको मुख्य एजेन्डा बन्दै छ । विमस्टेक स्थापना भएको २ दशक पूरा भइसक्दा पनि स्पष्ट नतिजा नदेखिएको र दिशाहीन बनेको भनेर आलोचना भइरहेका बेला काठमाडौं सम्मेलनले यस्ता विषयलाई प्राथमिकतामा राख्ने ...

स्थानीय तहमा मनपरी: एम्बुलेन्स छैन, प्रमुख चढ्न भने लाखौंका गाडी !

स्थानीय तहमा मनपरी: एम्बुलेन्स छैन, प्रमुख चढ्न भने लाखौंका गाडी !
जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ। प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन। विशेषज्ञ चिक...
trusted online casino malaysia