इनरुवा /स्थानीय तहले अचाकली कर बढाएको भन्ने विषयलाई इनरुवा नगरपालिकाले भने भ्रामक र झुटो भएको बताएको छ । नगरपालिकाले आम सर्वसाधारणको ढाड सेक्ने गरी कर लादेको भन्ने आरोपलाई निराधार र झुटो भएको बताएको छ । नगर प्रमुख राजन मेहताले हल्ला पैmलिएको नभई फैलाइएको भन्दै निराधार कुराको पछि नलाग्न नगरवासीमा आग्रह गर्नु भएको छ । नगर प्रमुख मेहताले विज्ञप्ती जारी गर्दै नगरवासीमा कर सम्वन्धि देखिएको दुविधालाई प्रष्ट्याउनु भएको हो ।
नगर प्रमुखद्धारा जारी विज्ञप्तीमा नगरपालिकाले ५० वटा शिर्षकमा उठाउँदै आएको कर साविक बमोजिमनै रहेको उल्लेख छ । व्यक्तिगत घटना दर्तासँगै जेष्ठ नागरिक परिचय पत्र, असहाय, अशक्त, विपन्न परिवार लगायत लक्षित वर्गका हकमा उपलब्ध गराइदै आएको निशुल्क सेवा, सुविधा र छुटको व्यवस्था इनरुवा नगरपालिकाको हकमा हालको अवस्थामा समेत निशुल्क रहेको विज्ञप्तीमा उल्लेख छ ।








