इनरुवा, भदौं ८ । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा जनप्रतिनिधि आएपछि विकासले गति लिएको छ । नगर क्षेत्रको सडकबाटो निर्माण र विस्तारसगैं कृषि क्षेत्रको समेत विकासमा नगरपालिका लागेको नगर प्रमुख राजन मेहताले बताउनुभएको छ । मेहताले निर्वाचित भएको दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा इनरुवा क्षेत्रलाई कृषि पहिचान क्षेत्र बनाउने कार्यक्रम ल्याएको बताउनुभएको हो । वहाँले आफू नेपाली काग्रेंसको तर्फबाट निर्वाचित भएर नगर प्रमुख भएपनि १३ महिने कार्यकालमा सबैका लागि समान काम गरेको बताउनुहुदै विगतमा सिकेका सिकाई, गरेको अनुभव र प्रयासले सार्थक विकास भएकाले अव अगामी दिनमा गर्ने कामको खाकामा इनरुवालाई कृषि केन्द्रको रुपमा पहिचान गराउने नीति लिएको बताउनुभयो ।
इनरुवालाई कृषिमा चिनाउनका लागि कृषि नीति र रणनीति समेत निर्माण गरेको जानकारी दिनुभयो । वहाँले “आफू निर्वाचन अघि एउटा पार्टीको भएको तर निर्वाचित भएपछि मैले समग्र इनरुवा नगरपालिकाको प्रमुख भएर काम गर्ने मौका पाएको छु । यो मेरो लागि सुखद पक्ष हो । मलाई जनताले रुचाउनु नै मेरो लागी अर्को सफल पक्ष हो । म निर्वाचित भएपछि निकै गर्वको महसुस गरेको छु । त्यसैले विकासको काममा लागेको छु । ” मेहताले एक वर्ष एक महिनाको कार्यकाल सकेर दोस्रो वर्षमा टेकेको अवस्थामा नागरिकहरुकै हितमा उनीहरुकै साथमा काम गरेको समेत दावी गर्नुभयो ।
मेहताले आफू प्रमुखको सपथ ग्रहणकै दिनबाट सुशासन, पारदर्शिता र जनसहभागिता नै समृद्धिको आधार हो भन्ने मान्याता राखेर पहिला आफूबाटै काम सुरु गरेको बताउनुहुदै इनरुवा किसानको बसोबास र कृषिको उरर्वर क्षेत्र भएकाले कृषि पहिचान केन्द्र बताउन लागेको बताउनुभयो ।
सामुदायलाई अनुदान सहितको कार्यक्रम ल्याएर इनरुवालाई कृषि पहिचान भएको नगर बनाउने प्रयासमा रहेको सुनाउनुभयो । मेहताले नगरलाई आधुनिक कृषि शहर र कृषि पहिचान भएको बनाउने प्रयासमा कृषि औजार खरिद गर्ने, कृषि सहकारी संस्थालाई किसान मैत्री बनाउने , किसानलाई उत्पादन गर्नका लागि अनुदना दिने र उत्पादनको उचित मूल्य दिने, यूवा स्वरोजगर सृजना गर्ने, व्यपारको बतावरण निर्माण गर्ने योजना बनाएको बताउनुभयो ।
किसानलाई उन्नतजातको विउ , मल र कृषि औजार , रोप्ने देखि काट्ने वा भित्रियाउनेसम्मको काममा सहयोग गर्ने , उत्पादन बढाउने र उत्पादित तरकारी, धान, गहुँ मकैं सहितको खरिद गर्ने योजना रहेको जानकारी दिनुभयो । नगरमा पहिलो चारणमा धान र गहुँ काट्ने मेसिन खरिद गर्ने , सामूहिक खेतीलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । यसको कार्यान्वयन यसै वर्षबाट हुने छ ।
मेहताले अवको चार वर्ष भित्र हिलो र धुलो मुक्त इनरुवा बनाउने संकल्प लिएको , रिफरल सेन्टरको रुपमा रहेको इनारुवा अस्पताल जनताको उपचार गर्ने अस्पताल सावित हुने , सबै सडक पिच गर्ने लक्ष्य लिएको बताउनुभएको छ । स्वक्ष, शान्त र बसोबास योग्य शहर, समृद्धिको सहर, सबैको सहर र सफा स्वच्छ हराभरा शहर बनाउने मेरो परिकल्पाना मेहताको भनाई छ । इनरुवालाई सुशासन कायम गर्ने र भ्रष्टचार गर्न नदिने र आफूले पनि नगर्ने भनेर काम गरिरहेको बताउनुहुदै त्यो काम आफैबाट सुरु गर्न एक वर्षको तलब भत्ता पनि नलि काम गरेको पात्र भएको बताउनुभयो ।
फरक प्रसंगमा मेहताले इनरुवाको ८० प्रतिशत सडक निमार्ण, सडक बति, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायतको क्षेत्रमा काम भएको बताउनुभएको छ । इनरुवा बजारलाई व्यवस्थापन सहित अग्रगामी काम भएको, नगरपालिकाले विकास निर्माणका लागि आफ्नै जेसिवि, ट्याक्टर, ग्रेडर, जोडर, टिपर लगायतका उपकरण खरिद गरेको आवस्था रहेको बताउनुभयो । इनरुवामा चालु आर्थिक वर्षका लागि ६० करोड रुपियाँ बजेट रहेको मेहताले बताउनुभयो ।









