बैंकले ब्याजदर नबढाउने भएपछि सेयर बजारमा रौनक

बैंकले ब्याजदर नबढाउने भएपछि सेयर बजारमा रौनक
काठमाडौं, १८ पुष । अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा रौनक देखिएको छ । निरन्तर ओरालो लागिरहेको बजारमा यस दिन ४४ दशमलव २२ अंक बढेको छ । पछिल्लो ११ दिनमा मात्रै नेप्से परिसूचक कुल १ सय ३० दशमलव ५८ अंक घटेको थियो । लगानीयोग्य पुँजीको अभाव भएका कारण बैंकहरूले निक्षेपमा उच्च ब्याजदर योजना सार्वजनिक गरेपछि बजार प्रभावित भएको थियो। आइतबार बैंकहरूले साढे १२ प्रतिशतभन्दा बढी ब...

स्थानीयको अग्रसरता: जंगलमै बास बसेर सडक निर्माण

स्थानीयको अग्रसरता: जंगलमै बास बसेर सडक निर्माण
प्यूठानं, १८ पुस । गाउँमा मोटरसाइकल चल्ने सडक पुर्‍याउन स्थानीय बासिन्दा जुटेका छन् । नगरपालिकाले पदमार्गका लागि बजेट विनियोजन गरेपछि जंगलमै बसेर प्यूठान नगरपालिका–५ जुम्रिकाँडा चान्जाका बासिन्दा सडक निर्माणमा जुटेका हुन् । चान्जा जाने घोरेटो बाटोसमेत नहुँदा स्थानीयले दुस्ख पाएका थिए । नगरपालिकाले पदमार्ग निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीयले मोटरसाइकल पनि गुडाउन मि...

एक खर्ब (एफडीआई)को स्वीकृति पाइसकेका दुई उद्योग फिर्ता हुँदै

एक खर्ब (एफडीआई)को स्वीकृति पाइसकेका दुई उद्योग फिर्ता हुँदै
काठमाण्डाै । करिब एक खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति पाइसकेका दुई उद्योग फिर्ता हुने भएका छन् । करिब ५५ अर्ब रुपैयाँ लगानी स्वीकृति पाएको नाइजेरियाको डांगोटे सिमेन्ट र ४० अर्ब स्वीकृति लिएको भारतको रिलायन्स सिमेन्टबीचमै फर्किने भएका हुन् । डांगोटेले सिमेन्ट उत्पादनका लागि खानी नपाएको र रिलायन्सले ‘ब्रान्ड नेम’ नपाएपछि चासो देखाउन छाडेको हो ।‘रिलायन्स हाम्रो सम्...

‘पासपोर्ट दुरुपयोग रोक्न ई-पासपोर्ट’

‘पासपोर्ट दुरुपयोग रोक्न ई-पासपोर्ट’
काठमाण्डाै । राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ ।नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दूरुपयोगको आशंकामा इ–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो । खासगरी नेपाल बाहिरबाट आउने आबेदनमा दुरुपयोग वा गलत भएको आशंका हुने गरेको छ । एमआरपीबाट मात्रै दूरुपयोग रोक्न सम्भव नभएको विभागले जनाएको छ ।विभिन्न १० मुलुक...

घुसको भागबण्डा: भूकम्पपीडितसँग साढे ७ करोड घूस

घुसको भागबण्डा: भूकम्पपीडितसँग साढे ७ करोड घूस
काठमाडौं, १८ पुस  । कर्मचारीले ६ महिनायता भूकम्पपीडितबाट साढे ७ करोड रुपैयाँभन्दा बढी ‘घूस’ लिएका छन् । एकान्तकुनास्थित यातायात कार्यालयको ‘सानाठूला फाँट’ का केही कर्मचारीले सरकारले सहुलियतमा उपलब्ध गराएको ट्याक्सी दर्ता र नामसारीका नाममा प्रतिव्यक्ति ५० हजारदेखि एक लाख रुपैयाँसम्म असुलेका हुन् । सरकारले १८ जिल्लाका भूकम्पपीडितलाई गोलाप्रथाबाट १ हजार ५ सय ट्याक्सी वितरण गरेको थियो । ट्याक्सी कि...

पूर्वसांसदलाई दश अर्बका कार्यक्रम: आर्थिक अनियमितता, मन्त्रालय मौन

पूर्वसांसदलाई दश अर्बका कार्यक्रम: आर्थिक अनियमितता, मन्त्रालय मौन
काठमाण्डाै । निर्वाचन भएर नयाँ सरकार बन्ने तयारी भइरहेका वेला सरकारले निवर्तमान सांसदहरूमार्फत १० अर्बभन्दा बढी रकम खर्च गर्ने निर्णय गरेको  छ । स्थानीय विकास मन्त्रालयले खारेज भइसकेका निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि १० अर्ब १६ करोड ५० लाख खर्च गर्न दिने निर्णय गरेको हो । निवर्तमान सांसदहरूको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषमार्पmत सो रकम खर्च गरिनेछ । अघिल...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
१७ पौष, काठमाडौं। नेपाल आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटितेल र पेट्रोलसँगै हवाई इन्धनको मूल्य पनि बढाएको हो । डिजेल, मट्टितेल र पेट्रोलको मूल्य लिटरमा १–१ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ भएको छ भने डिजेल र मटितेलको मूल्य समान ७९ रुपैयाँ भएको छ । हवाई इन्धनमा अान्तरिकतर्फ ३ रुपैयाँ बढ...

राज्यकोषमा ५० अर्बको अर्को भार, राज्यको ढुकुटीमा कर्मचारी पोस्न खेलबाड

राज्यकोषमा ५० अर्बको अर्को भार, राज्यको ढुकुटीमा कर्मचारी पोस्न खेलबाड
काठमान्डाैं / एक खर्ब घाटामा रहेको सरकारी ढुकुटीमा कम्तीमा ५० अर्ब रुपैयाँको अर्को भार थपिएको छ । कर्मचारी दबाबमा ल्याइएको स्वेच्छिक अवकास योजनासम्बन्धी विधेयक यस्तो ‘सेतो हात्ती’ बनेको छ, जसलाई कहाँबाट धान्ने भन्ने उपाय सरकारसँग छैन । संघीयता कार्यान्वयनका सन्दर्भमा कर्मचारी समायोजन गर्न ल्याइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले गत २९ असोजमा प्रमाणीकरण गरेकी थिइन् ।तीन महिनामा जारी गर्नुपर्...

बिजुलीमा बढ्दै परनिर्भरता, १४० मेगावाट थपिने

बिजुलीमा बढ्दै परनिर्भरता, १४० मेगावाट थपिने
काठमाडौं, १७ पुस  । बिजुलीमा भारतसितको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ ।अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो । २०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्न नसकेकाले बर्सेनि परनिर्भता बढेको हो । ‘सुक्खायामको सुरुआतसँगै ...

प्रमुखकाे उपस्थिती नहुदा सहयाेगीकाे भरमा चल्छ डाईनियाको छाेटी भन्सार कार्यलय

प्रमुखकाे उपस्थिती नहुदा सहयाेगीकाे भरमा चल्छ डाईनियाको छाेटी भन्सार कार्यलय
१५ पौष, रबिन्द्र बराल माेरङ । माेरङकाे बिराटनगर भन्सार कार्यलय पछिका सिमाबर्ति क्षेत्र हरुमा स्थापना गरिएको छाेटी भन्सारका कार्यलय  अहिले सहयाेगीकाे भरमा संन्चालना भईरहेकाे पाईएकाे छ । माेरङकाे बिराटनगर देखि पुर्व ३५ किलोमिटर टाढामा रहेको डाईनिया छाेटी भन्सार कार्यलयका प्रमुख कृष्ण प्रसाद भन्डारी, कर्मचारी निरानन्द खनाललाई भन्सार कार्यलयले खटाएता पनि उनीहरु कहिलेकाही मात्रै कार्यलयमा अाउने गरेका...
trusted online casino malaysia