१७ पौष, काठमाडौं। नेपाल आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटितेल र पेट्रोलसँगै हवाई इन्धनको मूल्य पनि बढाएको हो । डिजेल, मट्टितेल र पेट्रोलको मूल्य लिटरमा १–१ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ भएको छ भने डिजेल र मटितेलको मूल्य समान ७९ रुपैयाँ भएको छ ।
हवाई इन्धनमा अान्तरिकतर्फ ३ रुपैयाँ बढाइउँदा मूल्य ९० पुगेको छ ।








