१५ पौष, रबिन्द्र बराल माेरङ । माेरङकाे बिराटनगर भन्सार कार्यलय पछिका सिमाबर्ति क्षेत्र हरुमा स्थापना गरिएको छाेटी भन्सारका कार्यलय  अहिले सहयाेगीकाे भरमा संन्चालना भईरहेकाे पाईएकाे छ । माेरङकाे बिराटनगर देखि पुर्व ३५ किलोमिटर टाढामा रहेको डाईनिया छाेटी भन्सार कार्यलयका प्रमुख कृष्ण प्रसाद भन्डारी, कर्मचारी निरानन्द खनाललाई भन्सार कार्यलयले खटाएता पनि उनीहरु कहिलेकाही मात्रै कार्यलयमा अाउने गरेका छन ।

उक्त छाेटी भन्सारमा  सहयाेगी श्याम चाैधरीले २ महिना देखि कार्यलय संन्चालन गरिरहेका छन । उनले भारतबाट नेपाल तर्फ ल्याउदै गरेकाे अालु,प्याज,टुवेलका सामाग्री ,झल्ला,केटाकेटी हरुकाे खेलाैना लगायताका सामाग्री हरुकाे राज्शव उठाउने गरेका छन । मासिक ३० हजार देखि ४० हजार रुपैयाँ बराबरकाे राजस्व उठाउने गरेकाे उनले बताए ।

छाेटी भन्सार कार्यलयमा ५ हजार भन्दा बडि राज्वशकाे रसिद दिन नपाईने प्रवधान रहेकाे बताए । सुनवर्सि नगरपालिका ३ स्थित सिक्टि मा रहेको भन्सार कार्यलय नेपाल भारत काे सिमानामा स्थापना हुनुपर्ने छाेटी भन्सार कार्यलय बाेडर देखि ३ किलोमिटर उत्तरमा स्थापना भएकै कारण छाेटी भन्सार कार्यलयले राज्वशव उठान भने सकेको छैन । बाेडर देखि भन्सार सम्म अाईपुग्दा बिभिन्न राजमार्गहरू रहेका कारण लुकिछिपि तस्करहरुले तस्करी गरिरहेका छन ।

त्यस्तै मायाँगन्ज छाेटी भन्सार कार्यलयमा कार्यलय प्रमुख उमेश पाेख्रेल, कर्मचारी कृष्णप्रसाद पाेख्रेल सहित ३ जना भएता पनि उनिहरु कहिलेकाहीँ मात्रै अाउने गरेका छन । कार्यलयमा भने कार्यलय सहयोगी काे भरमा छाडेका छन । दस गज्जा नजिकै ससस्त्र बेश क्याप मायाँगन्ज भित्रै भन्सार कार्यलय रहेता पनि राजस्व भने कमै मात्रा उठिरहेको छ । साे भन्सारले मासिक ८० हजार देखि १ लाख रुपैया उठाउने गरेकाे त्यहाँका कार्यलय सहयोगी पुन्य प्रसाद रेग्मीले बताए ।

भन्सार अधिकृत लेखिएको ठाउँमा समेत खालिनै हुनेगरेकाे छ । कार्यलय सहयोगी ले मात्रै दस्तखत गरेको भन्सारकाे प्रज्ञान पत्र सर्वसाधारण हरुलाई राजस्व काटेकाे रसिद दिने गरेका छन । छाेटी भन्सारका कार्यलय प्रमुख हरुकाे गैर  जिम्मेवारी गरिरहदा समेत सम्बंधित निकाय फितलाे रहेको साेझै अनुमान लगाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia