बर्षासंगैको बाढीले ३ बिघा १० कठ्ठा केरा खेतीमा क्षति
इनरुवा। सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साह मियाँले बर्षिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । साहले ८ बर्ष देखि निरन्तर रुपमा ब्यवसायिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । लिजमा ७ बिघा जग्गा लिई ६ लाख रुपैयाँ बैंकबाट ऋण लिएर मियाँ केरा खेती गर्नुभएको थियो । शनिबार र आइतबार बर्षा, हावाहुण्डी सगै आएको बाढीका कारणले ३ बिघा १ कठ्ठा केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो ।
बर्षासंगैको बा...












