पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले सोमबार राति १ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia