पारबहनकालागि बन्दरगाह र विमानस्थल दिन तयार: बंगलादेशी राजदूत साम्स
मंसिर १४ -नेपालका लागि बंगलादेशकी राजदूत मास्की बिन्ते साम्सले नेपालले अन्य बाहिरी देशबाट इन्धन र ग्यास ल्याए ‘ट्रान्जिट’को रुपमा बन्दरगाह उपलब्ध गराउन बंगलादेश तयार रहेको बतउनुभएको छ ।राजधानीको रिपोटर्स क्लवमा आज आयोजित साक्षात्कारमा राजदुत साम्सले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न दिने स्पष्ट गर्नुभएको हो ।उहाँले नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भए पनि बंगला...








