काठमाडाैं , मंसिर १५ । चीनको राजधानी बेइजिङमा चालु रहेको नेपाल आयल निगमको प्राविधिक टिम र पेट्रो चाइनाबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको भएपनि कर छुटमा समस्या परेको वार्तामा सहभागीले बताएका छन् ।नेपाल आलय निगमका निमित्त निर्देशक सुशील भट्टराईले वार्ता सकारात्मक रुपमा अघि बढेको तर कर छुटको विषयले वार्ता अलमलमा परेको बताए । प्राविधिक टोलीमा सहभागी अर्का सदस्य दीपक बराल भने सोमबारै नेपाल फर्किएका छन् । प्राविधिक टोलीको काम लगभग सकिएकाले दीपक बराल फर्किएका हुन् ।बाँकी केही काम गर्नुपर्ने र पछि मन्त्रालयस्तरको टोलीका लागि केही गृहकार्य गर्न बाँकी भएकाले दूताबासको आग्रहमा आफू बेइजिङमा रहनु परेको भट्टराईले बताए । पट्रोल र डिजेल आपूर्तिमा धेरै कुरा सकारात्मक भएको र अब एलपी ग्यास आपूर्तिमा केही कुरा हुन बाँकी रहेको उनले बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।








