कांग्रेसको ‘नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरु
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा ‘नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरु भएको छ ।
सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउनेछन् र दुई दिनसम्म हुने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्र मार्फत साना तथा मझौला व्यवसाय सम्ब...












