Janakpur_Historic_Place

१४ वैशाख, जनकपुर। जनकपुर उपमहानगरपालिका वडा नं.१९ बैङगाशिवपुरस्थित काठमाण्डौबाट आएका पुरातत्व विभागको टोलीले गरिरहेका उत्खननको क्रममा विभिन्न प्रकारका प्राचिन समाग्रीहरु फेला परेको हो ।पुरातत्व विभाग काठमाण्डौका अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गरिरहेको टोलीले आइतबारसम्म ३ ठाउँमा उत्खनन गर्दा प्राचिन घरको पर्खाल र ४६ सेन्टिमीटर चौडा तथा १ सय ५० सेन्टिमीटर चौडा ईटा फेला परेको छ ।

यसका साथै प्राचीनकालका माटोका चुलो,  माटोका मालाहरु, माटोका भांडोहरु, माटोका गहनाहरुका साथै ढुङगाको माला, माटोको दियो माटोको कचौरा फेला परेको पुरातत्व विभागका अधिकृत ज्ञवालीले जनाए ।ज्ञवालीका अनुसार, त्रिशुले आकारको एउटा फलामे वस्तु समेत फेला परेको छ । विभागका ४ जना सम्मिलित टोली र स्थानीय समितिको रोहबरमा जारी रहेको उत्खनन् कार्य गत चैत्त ३० गतेदेखि नै सुरु गरेको थियो भने आगामी बैशाख १५ गते सम्म उत्खनन् कार्य जारी रखने ज्ञवालीले थपे ।

उनले भने,‘यहाँको स्थानीय पुरातत्वसँग सम्बन्धित समितिले हामीलाई आग्रह गरेको थियो त्यही अनुरोधलाई स्वीकार गर्दै ऐतिहासिक बावन बिघामा प्राचिन वस्तुहरु फेला पर्ने संकेत र सम्भावना प्रबल रहेका जानकारी पाएका थियौ र त्यही अनुरुप हामीले उत्खनन् कार्य सुरु गरेका हौ ।’फेला परेका प्राचिन समाग्रीहरु लिएर थप अनुसन्धान गर्ने बताउँदै उनले कति पुरानो र कस्तो प्रकारको वस्तु तथा समाग्रीहरु रहेको रिपोर्टसमेत सार्वजनिक गर्ने जनाए । जनकपुर टुडेमा  प्रकाशित समाचारमा आधारीत  ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia