काठमाडौँ – पाकिस्तान, भारत तथा नेपालसम्मलाई हल्लाउने गरी अफगानिस्तानलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ७ रेक्टरस्केलको शक्तीशाली भूकम्प गएको छ । भूकम्पमा ज्यान गुमाउनेको यकिन संख्या पत्ता नलागेपनि अफगानिस्तान, पाकिस्तान तथा उत्तरी भारतमा भूकम्पको ठूलो प्रभाव परेकोे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प लगत्तै ट्वीट गर्दै भारतसहित अफगानिस्तान तथा पाकिस्तानमा आवश्यक सहयोग पुर्याउन आफ्नो सरकार तयार रहेको बताएका छन् । हिन्दूकुश हिमालय क्षेत्रबाट ४५ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको जार्मलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताइएको छ । भूकम्पपछि पाकिस्तानका केही टेलिभिजन च्यानलहरुले कार्यालय तथा निजी घरबाट मानिसहरु भागाभाग गर्दै गरेको दृश्य देखाएका छन् । पाकिस्तानको लाहोरसहितका थुप्रै शहरमा टेलिफोन सेवा अवरुद्ध भएको छ । श्रीनगरहित भारतका थुप्रै क्षेत्रमा समेत सञ्चार सेवा अवरुद्ध छ । अहिलेसम्म कम्तिमा पनि पाकिस्तानमा चार जनाले ज्यान गुमाइसकेको खबर छ । भूकम्पपछि भारतको राजधानी नयाँ दिल्ली तथा पाकिस्तानको राजधानी इस्लामावादमा ठूलै त्रास देखिएको छ । यस क्षेत्र भूकम्पिय जोखिमले उच्च मानिन्छ । यसअघि सन् २००५ मा पनि काश्मिरमा ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा जादाँ ७५ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए । यसै वर्ष नेपालमा गएको भूकम्पले समेत ठूलै क्षति निम्त्यायो । रातोपाटिबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
ढाका– बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दमन गर्ने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै त्यहाँको अदालतले तत...
केदारनाथमा हेलिकप्टर दुर्घटना हुदा सात जनाको मृत्यु (नामवली सहित)
भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। नवभारत टाइम्सका अनुसार केदारनाथ क...
अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका ...
ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब यो भिड...
नासाको मिसन फेरी रोकियो, सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै ढिलाइ
काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी...
भारतको जीडीपी ६.२ प्रतिशतले बढ्यो
भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) को तेस्रो त्रैमासिकमा ६.२ प्रतिशतको ...









