devorce

१९ असार, रियाद। साउदी अरबमा पछिल्लो १२७ दिनको डिभोर्स केसको अनुपात हेर्ने हो भने प्रत्येक एक घण्टामा पाँच डिभोर्सका केश दर्ता भएको पाइएको छ ।जनरल अथोरिटी अफ स्टाटिसटिकले हालै यस कुराको खुलासा गरेको हो ।

रिपोर्टका अनुसार बितेको एक वर्षमा १,५७,००० विवाह दर्ता भएका छन् । त्यस्तै सोही अवधिमा ४६,००० डिभोर्स केस पनि दर्ता भएका छन् ।
यो गएको वर्षको यसै अवधिको तुलनामा यो संख्या घटेको बताइएको छ । गत वर्ष सोही अवधिमा ५४,००० डिभोर्स केश दर्ता भएका थिए ।

गएको वर्ष ३६ दशमलब ७ प्रतिशत डिभोर्स केसको अनुपात रहेको थियो भने यो साल ३६ दशमलब १ प्रतिशत रहेको छ । रियादमा मात्रै ३१ प्रतिशत डिभोर्सका केस दर्ता भएका छन् ।

जाजानमा यसको अनुपात १७ दशमलब १ प्रतिशत रहेको छ । मोआदाहा च्यारिटिबल संस्थाका अध्यक्षले एकतिहाइ विवाह भएका जोडीको अन्त्य डिभोर्समा पुगेर टुंगिने गरेको खुलासा गरे ।विवाह भएका पहिलो वर्ष नै ६० प्रतिशत जोडीहरु डिभोर्सका लागि केस दर्ता गर्ने गरेको उनले बताए ।नेपालिपत्रबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia