काठमाडौ । मोदी सरकारले मंगलबार दाजिर्लिङका लोकसभा सांसद एसएस आहलुवालियाजीलाई राज्यमन्त्री बनाएपछि स्वतन्त्र भारतको इतिहासमा दाजिर्लिङका सांसदले पहिलोपटक मन्त्रीमण्डलमा प्रवेश पाएको भन्दै गोर्खा जनमुक्ति मोर्चासहित नागरिकले खुसी व्यक्त गरेका छन् ।

मोर्चा अध्यक्ष विमल गुरुङले मोदी मन्त्रीमण्डल पुनर्गठनपछि मंगलबार भने, ‘स्वतन्त्र भारतको इतिहासमा दाजिर्लिङका सांसदले युनियन क्याबिनेटमा स्थान पाएको यो पहिलोपटक हो । उक्त पहलले भाजपा सरकारको दाजिर्जिङ र डुबर्स क्षेत्रका जनताका निम्ति सम्मान अनि आदर भाव झल्किन्छ ।’

भारत स्वतन्त्र भएदेखि अहिलेसम्म नेपाली भाषीको बाहुल्यता रहेको दार्जि्लिङका सांसदले सरकारका प्रवेश पाएका थिएनन् ।गोर्खाल्यान्ड माग गर्दै लडेका गोर्खालीले यो कदमलाई सकारात्मक रुपमा लिएको बताएका छन् । आजको अन्नपुर्णमा समाचार छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia