birthday girl

जन्मदिनमा धेरै कुरामा ध्यान दिनु पर्छ । कतिपय कुराहरु छन जुनकुरा आफ्नो जन्मदिनमा नगरेकै राम्रो मानिन्छ । जन्मदिनमा ति कुराहरु गर्यो भने बर्ष भरिनै नराम्रो हुने मानिन्छ । ज्योतिष शास्त्रका अनुसार जन्मदिनमा ब्यक्तिको वर्ष दिनको कुण्डली तयार हुन्छ । जन्मदिनको दिन यी ७ काम गर्नु हुदैन । पढ्नुहोस् ति सात काम ।

१. जन्मदिनमा कुनै योगी वा भिखारी माग्न आएमा अपमान नगर्नुस् । जन्मदिनको दिन यस्ताको अपमान गर्दा कुण्डलीमा नकारात्मक असर पर्ने शास्त्रमा उल्लेख छ । जन्मदिनको दिन दान धर्ममा समय दिनुस् ।

२. जन्मदिनको दिन तातो पानीले नुहाउनु अशुभ मानिन्छ । जन्मिदनको दिन विहानै गंगाजल वा अन्य पवित्र जलले स्नान गर्नुस् ।

३. जन्मदिनको अवसरमा कपाल वा नङ काट्ने काम अशुभ मानिन्छ । जन्मदिनमा नङ र कपाल काट्दा यसले आयुमा नकारात्मक असर पार्ने धार्मिक मान्यता छ ।

४. जन्मदिन मनाउँदै हुनुहन्छ भने जीव हत्याबाट बँच्नुस् । जन्मदिनको दिन कुनै पनि प्रणिको हत्या अशुभ मानिन्छ । यसो गर्दा जन्मदिनमै श्राप प्राप्त हुने शास्त्रमा उल्लेख छ ।

५. अधिकाँशले जन्मदिन मनाउँदा मदिरा सेवन गर्ने गर्छन् । यसो गर्दा तपाइँलाई शनिको खतरा पनि बढ्छ । मदिरा सेवन नगर्ने ब्यक्तिलाई शनिको दशाले नछुने शास्त्रमा उल्लेख छ ।

६. बाबु आमाको सधै सम्मान गर्नुपर्छ तर जन्मदिनमा बाबु आमाको अपमान गर्नु सबैभन्दा खराव मानिन्छ । सके सम्म जन्मदिनको विहानै बाबु आमाको आशिर्वाद लिनुस् । यो दिन बाबु आमाको अपमान गर्नेको कुण्डली वर्षभरी खराव रहने धार्मिक विश्वास छ ।

७. जन्मदिनको दिन वाद विवाद वा झगडा गर्दा वर्ष भरी नै यस्तो झन्झटमा परिने शास्त्रको विश्वास छ । जन्मदिनको दिन वाद विवाद र झगडाबाट बँच्नुस् । त्येसैले जन्मदिनमा यी ७ कामहरु कहिले नगर्नुस ।साझासबालबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia