इटहरी ४ का समाजसेवी तथा सामुदायिक सर्पदंश उपचार केन्द्रका उपाध्यक्ष राजु थापा इटहरीमै जन्मेर उमेरले ४५ कटेको बताउछन ।आफु यतिका वर्ष आइसक्दा पनि इटहरीको सिमा हजुरबुवाको पाला देखि नै सेउती वारी रहेको दाबी गर्छन । आफुले जाने सम्म र बुझे सम्म इटहरीको सिमा त्यहि सेउती नै रहेको बताउछन ।

अहिले एकाएक धरानका मेयर हर्क साम्पाङले तरहराको पानीपिया क्षेत्रलाइ आफ्नो सिमा क्षेत्र बताउदा छक्क परेको र यो धरानका मेयर हर्क साम्पाङको हेपुवा प्रवृर्ती रहेको बताउछन ।त्यस्तै इटहरी नागरिक समाजका पुर्व अध्यक्ष राजु केशी पनि बाउ बाजेको पाला देखि नै इटहरीको सिमाना सेउती पुल मान्दै आएको बताछन ।

अहिले धरानका मेयर हर्क सामपाङले तरहराको पानीपियालाइ शहरको क्षेत्रधिकार मानेपछि आफुहरू छक्कक परेको बताउदै केशीले सामाजिक सञ्जालमा धरानका एक इञ्जिनियरको फटाइका कारण यस्तो भएको लेखेका छन । उनले यो ब्याक्तिगत टकराव नभएकोले दुवै शहरका मेयर र जनप्रतिनिधी बसेर छलफलबाट निस्कर्ष निकाल्नुपर्नेमा जोड दिएका छन ।

त्यस्तै इटहरी उपमहानगरकी पूर्व उपमेयर लक्षमी गौतमले पनि आफ्नो सामाजिक सञ्जालमा बोर्ड राख्दैमा आफ्नो इलाका सावित नहुने लेख्नुहुन्छ । वर्षाैदेखि सेउती पुल सम्मको संरक्षण गर्दै आएका इटहरीका सामुदायिक बनहरूले निर्धारण गरेको क्षेत्रलाइ हेर्ने हो भने इटहरीको सिमा प्रस्ट हुन्छ पुर्व उप प्रमुख गौतमको धारणा छ । धरानका मेयर साम्पाङले हचुवाको भरमा अर्काेको सिमा क्षेत्रमा बोर्ड राखिनु बचपना भएको गौतमले फेशबुकमा समेत लेख्नुभएको छ ।

यतिबेला सामाजिक सञ्जालहरूमा धरान र इटहरी उपमहानगरको सिमा बिवादबारे बिभिन्न तर्क र सुझावहरू आइरहेका छन । १० वर्ष अघी पनि यहि सिमा बिवाद चुलिएको थियो । तर बिचमा स्थानीय निर्वाचनको चहल पहल सुरू भएपछि फेरी हराएको थियो । अहिले धरान उपमहानगरपालिकाले एकलौटी रूपमा तरहराको पानीपिया साइडमा सिमा प्रारम्भ बोर्ड राखेपछि इटहरी उपमहानगरवासी धरानको यस्तो हर्कतका कारण रूस्ट बनेका छन । धरान उपमहानगरका मेयर हर्क साम्पाङको आदेशमा नगर प्रहरीले गाडेको बोर्ड आइतबार राती नै इटहरी युवा संघका प्रतिनिधिहरूले उखेलेर हटाइसकेका छन । गुगल म्यापमा देखाएकै भरमा धरान उपमहानगरले छिमेकी नगरसंग सल्लाह सुझाव नमागी एकलौटी निर्णयमा सिमा मिच्दै बोर्ड राखेको प्रति इटहरी वासी असन्तुस्ट देखिएका छन ।

एउटै जिल्लाका यि दुई सहरहरु यतिबेला प्रत्येक सञ्चारमाध्यमहरुमा हेडलाइन बनीने गरेका छन । नेपालकै नमुना शहरको रुपमा चिनिन्छन धरान र इटहरी ।२०७१ मंसिरमा दुवै नगरपालीका एकै पटक उपमहानगरमा बढुवा भएपछि यसको र्चचा सिंगो नेपालभरी चलेको थियो ।२०७३ सालमा धरान उपमहानगर स्थित नेपाली कांंग्रेसले चारकोशे झाडी अन्तरगत सेउती वारीको २०० मिटर आसपासलाइ आफ्नो क्षेत्रधिकार मानेर बोर्ड राखेको थियो । उक्त बोर्डलाइ इटहरी उपमहानगरले निकालेर सिमाङकन बिवाद साम्य बनाउन बैठक आवहान समेत गरेको थियो ।

इटहरी उपमहानगरका तत्कालीन कार्यकारी अधिकृत पशुपती खतिवडाको समयमा यो बिवाद रहेको थियो भने पछि महेशराज तिम्सिना हुदै स्थानिय तहको निर्वाचन सुरू हुदा सम्म बिवाद चर्किरहेको थियो । निर्वाचन शुरू भएसंगै सिमा बिवाद हराएको थियो तर आइतबार धरान उपमहानगरका मेयर हर्क साम्पाङले तरहराको पानीपियालाइ धरानको सिमा मान्दै बोर्ड राखेपछि अहिले पुन बिवाद चर्किएको हो ।२०५९ साल देखि धरान र इटहरी बिच सिमा बिवाद बेला बेलामा चर्कि रहन्छ तर राजनीतिक रूपमा दुवै पक्ष बसेर छलफल भने भएको छैन । यहि विषयमा पटक पटक बैठक आवहान भएपनि ब्याक्तिगत टकराव र जुंगाको लडाइकै कारण कुनै बैठक समम हुन सकेको छैन । यस पटक भने धरान उपमहानगर र इटहरी उपमहानगरका मेयर तथा जनप्रतिनिधीहरू दुवै बसेर छलफल गर्ने र बिवाद साम्य बनाउने तर्फ लागेका छन ।

के हो सिमा बिवाद ?

नेपालमा संघीयता अन्तर्गत सीमांकनको सवालले सबैभन्दा बढी विवादमा परेको जिल्ला नै सुनसरी हो। देश संघीय स्वरुपमा जानुअघि सुनसरीलाई लिम्बुवान, कोचिला, मधेस, किरातजस्ता प्रदेशमा राख्नुपर्ने भन्दै विभिन्न आन्दोलनरत समूहहरूले माग गर्ने गरेका थिए।जुन अहिले पनि यथावत नै छ ।धरान इटहरी सिमा बिवाद यो पहिलो भने होइन चारकोशे झाडीको ठुलो क्षेत्रफलको भुभाग धरान इटहरी संगै तत्कालिन हाँसपोसा गाविसले पनि रेखदेख र्गदै आइरहेको समयमा एउटै जिल्लामा रहेका दुई नगरपालीका धरान र इटहरी एकैपटक उपमहानगरमा बढुवा भएपछि सीमा बिवाद चर्किन सुरू भएको थियो । बर्षौदेखि तत्कालीन हाँसपोसा गाविस र इटहरी नगरपालीकाले संरक्षण गर्दै आएको जमिनलाई एकाएक धरान उपमहानगरपालकिाले आफ्नो भन्दै दाबी गरेपछि यति बेला दुवै सहर धरान र इटहरी बिवादसंगै चर्चामा छन ।

सरकारले जनसंख्या, एमसिपिएम मूल्यांकनसँगै क्षेत्रफलको आधारमा पनि अनुदान पठाउने गरेको जानकारी पाएपछि मात्रै धरानले आफ्नो वास्तविक क्षेत्रफल र सिमाना कोट्याउदै बिवाद सुरु गरेको थियो । सिमा बिवाद र क्षेत्रफल निर्धारणमा सुरूमा धरान आफैले बिवाद झिकेको हो । इटहरी उपमहानगर भइसकेपछि पनि पुरानै सिमालाइ कायम राख्दै काम कार्वाहि गर्दै आइरहेको छ जुन अहिले सम्म पनि कायम छ ।राजय पुनःसंरचना अन्तरगत नयाँ बन्ने स्थानीय तहको सिमांकनको मुख्य आधार इलाकालाईनै मान्ने भनेर शिर्ष राजनीतिकदलहरू बिच सहमती भइसकेको आधारले पनि इटहरीले सेउतीखोलाको वारी सम्म् आफ्नो क्षेत्र दाबी गर्नु स्वभाविक हो । तर धरानले पछिल्लो समय गुगलमा देखाएकै भरमा तरहराको पानीपिया क्षेत्रलाई आफ्नो भनेर दाबी गरिनु अस्वभाविक र असन्दार्भिक मानिन्छ ।

जुन अहिले सामाजिक सञ्जालमा पनि बिरोध भइरहेको छ । त्यसो त इटहरी उपमहानगरपालिका अन्तरगत तरहराको भवानीपुर सामुदायिक बनले सेउती खोलादेखी उत्तर ७ सय मिटर सम्म रेखदेख र भोगचलन गर्दै आएको छ । उसले पनि आफ्नो सिमा दाबी गर्ने हो भने धरानको आधा चारकोशे इटहरी भित्रैै पर्न जान्छ । धरानले बास्तवमै आफ्नो सिमा त्यतीबेला खोज्नुपर्थ्यो जुनबेला तत्कालिन नगरपालीका हुँदा आफ्नो नगरको स्वागत बोर्ड सेउती वारी राखीएको थियो जुन केहि महिना सम्म पनि त्यहि थियो । त्यतीबेलै आफ्नो स्वागत बोर्ड हाँसपोसाको पानीपियामा किन गाडेन ? वर्षाैदेखि तत्कालिन हासपोसा गाविस हाल इटहरी उपमहानगरपालीकाले भोगचलन गर्दै आएको पानीपियालाइ आफ्नो सिमा भनेर दावि गर्न धरान उपमहानगरले कतिको सुहाउछ ?

हाँसपोसाको पानीपिया देखी सेउति खोला वारी सम्मको भुभाग इटहरी उपमहानगरस्थित शान्तिगर सामुदायिक बन र हाँसपोसा सामुदायिक बनले लामो समयदेखी संरक्षण गर्दै आइरहेका छन । तर हालै इटहरी क्षेत्रफलको भुभागलाई धरान उपमहानगरपालीकाले आफ्नो स्वामित्व दावि गरेपछि दुई उपमहानगर बिच बिवाद बढने सम्भावना उत्तैकै छ । सिमा बिवाद हुनु कुनै नौलो बिषय भने होइन तर एउटा शिक्षित र बिकसित शहरले सत्यता नबुझी हचुवाको भरमा अरूको सिमामा स्वागत बोर्ड राख्नु र राजनीतिक रूपमा छलफल गरेर बिवाद टुंगोमा नपुराइ राखिएको स्वागत बोर्ड र्अको सहरले उखेलेर फाल्नु अमानवीय कार्य रहेको ठहरीन्छ । यसमा दुबै उपमहानगरपालीकाका नगर प्रमुख, राजनीतिकदलहरू , बुद्धिजिवी लगायत सरोकारवालाहरू बसेर समस्याको सामधान निकालिनु पर्छ ।

के चाहन्छ धरान ?

कोशी प्रदेशमा अवस्थित धरान नेपालकै विकसित एक सुन्दर तथा सांस्कृतिक विविधताले भरिएको शहर हो । हालको आधुनिक धरान रहेको स्थानमा शुरुमा घना जङ्गल थीयो र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको ‘धरान’ शहरको नामकरण भएको भनाइ छ । धरान आफैमा एक सक्षम र शुन्दरनगरीको पहिचान बोकेको शहर हो । सिमा बिवादले पछिल्लो समय धरानपनि बिवादमा तानीन पुग्यो । बर्षाैदेखि इटहरी र साविक हाँसपोसा गाविसले रेखदेख गर्दै आएको चारकोशे झाडीको क्षेत्रफललाई धरानले आफ्नो भनेर दावि गरेको प्रति केही धरानबासीनै असन्तुस्ट रहेका छन ।

आफ्नो क्षेत्रको सिमा निर्धारण गर्नुपर्दा वा कतै स्वागत बोर्ड राख्नुपरेमा पहिला राजनीतिक रूपमा छलफल गरिनुपर्छ त्यसपछि कार्यपालिका बैठकमा पेश हुनुपर्छ बैठकले पास गरेपछि मात्रै सिमा निर्धारण गर्दै स्वागत बोर्ड राखिनुपर्छ तर धरान उपमहानगरको हकमा त्यस्तो भएको छैन । कसैसंग समन्वय नै नगरी , राजनीतिक रूपमा छलफल नै नराखी मेयर हर्क साम्पाङले एकलौटी निर्णय गरेर तरहराको पानीपीया क्षेत्रमा बोर्ड राखिनु यो उनको ज्यादती र हेपुवा प्रविर्ती मान्नुपर्छ ।धरानमा मुख्य समस्या भनेको खानेपानी हो । अहिले पनि धरानले आफ्नो नगरक्षेत्रमा पानीको जाहो हाँसपोसा र चारकोशे झाडीबाटै गर्दै आएको छ । अरूले रेखदेख गर्दै आएको जमिनलाई एक्कासी आफ्नो भनेर दाबि गर्नु धरानले सम्पूर्ण पानिको श्रोत आफ्नो मुट्ठीमा पार्न खोजेको धरानवासिहरूकै एक प्रकारको तर्क छ । बर्खाको बेलामा जसोतसो पानीको समस्या टार्ने धरानले हिउदको बेला पानीको काकाकुल हुने गरेको छ ।

यसै समस्या सामधानकालागि एसियाली बिकाश बैंकलेपनि करोडौ रकम लगानी गर्दै आएको थियो ।तर धरानमा मेयर हर्क साम्पाङले नेतृत्प सम्हाले देखि खानेपानीको अभाव हटाउन ब्यापक श्रमदान हुने गरेको छ । धरानका केहि वडाहरूमा पहिले जस्तो अहिले पानीको हाहाकार छैन भने धेरै जसो वडामा अझैपनि खानेपानी छैन । यतिबेला मौसम परिवर्तनसंगै सुक्खायामको बेला धरानमा खानेपानी अभाव चर्किन्छ । धरानलाई भोलीका दिनमा हाँसपोसाले पानीको मुहानमा बन्देज लगाए के गर्ने भन्ने चिन्ता छ । २०१७ सालमा नगरपालिका घोषित भएको धरानले अहिलेसम्म किन खोजेन आफ्नो सिमाना ? अहिले आएर छिमेकी शहरलाई चिढ्याउनु कदापि राम्रो हैन । त्यसैले धरानले व्यावहारिक पक्षलाई हेर्दै सेउतीयताको भाग इटहरीलाई नै छोड्नुपर्ने देखिन्छ ।

राजनीतिकदलको भुमिका

लोकतन्त्र स्थापनासंगै मुलुक संघियतामा गएको छ । यो बेला सिङगो देशनै सिमाङकनको बिवादमा अल्झीएको छ । धरान – इटहरी सिमा बिवाद पनि स्वभाविकनै मान्नुपर्छ । तर एउटा उपमहानगरले गाडेको बोर्ड अर्को उपमहानगरवासिले उखेलेर फाल्नु अमानवीय कार्य हो पहिला बिवाद के हो ? कसरी शुरू भयो त्यो जान्नुपर्छ ,राजनीतिक रूपमा निस्कर्ष निकालेपछि मात्रै ठोस कदम चालिनुपर्छ । यसमा धरानले आफ्नो गल्ती स्विकार्नुपर्छ र मेरो गोरुको बाह्रै टक्का भन्ने अडान छाडनु पर्छ । धरान – इटहरी सिमा बिवादमा फसेको यो सहित चौथो पटक हो । लामो समयदेखि मच्चिएको यो बिवाद सामय पार्नको निमित्त दुवै उपमहानगरका राजनीतिकदलहरू एक अर्का प्रति आरोप प्रत्याआरोप लगाउदै बसिरहेका छन । यस्तो बेलामा दुवै उपमहानगरमा रहेका नगरप्रमुख, राजनीतिक दल , बुद्धीजिवी , नागरिक समाज , तथा सरोकारवालाहरू बसेर समस्याको सामधान निकालिनुपर्छ । समयले डाडा काट्नु अघी नै सम्बन्धित सरोकारवाला तथा राजनीतिक दलहरूले चासो देखाएर सिमा बिवाद टुंग्याउन लागि नपरे धरान र इटहरी बिचको मैत्रिपूर्ण सम्बन्धमा समेत दरार आउने देखिन्छ ।

इटहरीबासीले खेल्नुपर्ने भुमिका

यो बेला इटहरीवासीले संयमता अपनाएर काम गर्नुपर्छ , धरानले हाम्रो भुमी मिच्यो भनेर बिरोध गर्नु भन्दा यो बिवाद कसरी शुरू भयो र अन्त्यकालागि उपमहानगर संयन्त्र समक्ष पहल थाल्नुपर्छ । एक पक्षले बिवाद झिकिरहदा अर्काे पक्ष पनि त्यहि बिवादमा अल्झिरहयो भने निस्कर्षमा कुनै पक्ष पुगिदैन त्यसैले सिमा बिवाद जस्तो संवेदनशिल विषयमा धरान उपमहानगर र इटहरी उपमहानगर दुवै पक्षबिच समन्वय र छलफल गरेरै निस्कर्ष निकालिनुपर्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia