इटहरी । नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद् काइँलालाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्घका सचिव अनुपमा रेग्मीले जानकारी दिनुभयो ।उक्त पुरस्कार आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवसको अवसर पारेर प्रदान गर्ने निर्णय भएको रेग्मीले बताए । सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय लेखक दिवस पनि मनाउने निर्णय गरेअनुसार वैशाख १६ गते सोही दिवस मनाउने निर्णय गरेको हो ।विसं १९८७ मा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले त्यतिबेलाका ४५ कवि, लेखक एवं वुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेर समक्ष निवेदन पेश गर्दा श्री ३ को निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाइ दण्डित गरेको दिन वैशाख १६ लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । उक्त दिनलाई नेपालको इतिहासमा ‘लाईब्रेरी पर्व’ को रुपमा लिइन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवामा बृहत रक्तदान कार्यक्रम सम्पन्न, १२४ जनाद्वारा रक्तदान
इनरुवा — भोटेकोशी बाढीपीडित बिरामीहरूको उपचारका लागि आवश्यक रगत व्यवस्थापन गर्ने उद्देश्यले इनरुवामा आयोजित बृहत खुला रक...
सुनसरी–सिरहा गोलीकाण्ड: बाहिरी घुसपैठ होइन
सुनसरी र सिरहाका घटनाको छानबिन गर्न बनेका दुई छुट्टाछुट्टै समितिले प्रतिवेदन बुझाएका छन् । दुवै प्रतिवेदनमा आन्दोलनमा बा...
संयुक्त हिन्दू मोर्चा, सुनसरीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझायो
इनरुवा — संयुक्त हिन्दू मोर्चा, सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै शान्ति-...
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जना शहीद घोषणा
काठमाडौं । सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रि...
देवानगञ्ज गोलीकाण्ड : सुनसरी कांग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गोलीकाण्डका पीडितसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्...
आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८...








