कार्तिक १३, २०७२- चीनले आफ्ना नागरिकलाई एकभन्दा बढी सन्तान जन्माउन दशकौंदेखि लगाउँदै आएको प्रतिबन्ध बिहीबारदेखि हटाएको चिनियाँ सरकारी समाचार संस्था सिन्हाले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीद्वारा जारी विज्ञप्तिमा अबदेखि चिनियाँ दम्पतीले दुई सन्तान जन्माउन पाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ। एक मात्र सन्तान जन्माउन पाइने विवादास्पद नीति चीनले सन् १९७९ मा अख्तियार गरेको थियो। देशमा बढ्दो जनसंख्या वृद्धिदरमा रोक लगाउन यस्तो निर्णय गर्नुपरेको चीनले बताउँदै आएको थियो। यो नीति लागू भएपछि करिब ४० करोड बालबच्चाको जन्म रोकिएको बताइएको छ। तर, पछिल्लो समय चीनमा वृद्धहरूको जनसंख्या बढ्ने र बालबालिका र युवाहरूको संख्यामा कमी आएपछि यो नीतिको आलोचना हुँदै आएको थियो। तर एकभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई जागिरबाट निस्काशन र जबरजस्ती गर्भपात लगायत सजाय दिँदै आइएको थियो। तर, पछिल्ला केही वर्षयता केही प्रान्तहरूमा कामदारहरूको अभाव र युवाको कम जनसंख्या भएको भन्दै समाजशास्त्रीहरूले प्रश्न उठाएपछि यो नीतिमा केही खुकुलोपन अख्तियार गरिएको थियो। यसैगरी ग्रामीण भेगहरूमा भने यदि पहिलो बच्चा केटी भएको खण्डमा दोस्रो बच्चा पाउन अनुमति दिइने गरिएको थियो। चीनको एक सन्तान नीतिले गर्दा चीनमा लैंगिक असन्तुलन भएको बताइँदै आएको छ। कम्युनिस्ट पार्टीको विज्ञप्तिमा जनाइएअनुसार दुई सन्तान जन्माउन पाउने प्रावधानले जानसांख्यिक र लैंगिक सन्तुलन कायम गर्नमा मद्दत पुग्नेछ। अहिले चीनको कुल जनसंख्याको ३० प्रतिशतभन्दा बढी ५० वर्ष पुगिसकेका छन्। संवाददाताहरूले भने दुई सन्तान पाउने नीति लागू भए पनि चिनियाँ समाजमा एउटा सन्तान पाउनु सामाजिक मान्यताका रूपमा स्थापित भइसकेकाले धेरै मानिसहरूले अझै एकै सन्तानलाई मात्रै जन्म दिने ठानिएको जनाएका छन्। आलोचकहरूले दुई सन्तान पाउन सक्ने प्रावधानले पनि चीनको जनसांख्यिक र लैंगिक असन्तुलनलाई सम्बोधन गर्न नसक्ने बताएको बीबीसीका जोन सुदवर्थले जनाएका छन्। ‘जबसम्म यस्ता कोटा प्रणाली र नीति नियमहरू लगाइराखिन्छ, तबसम्म महिलाले वास्तविक अर्थमा प्रजनन अधिकारको उपयोग गर्न पाउँदैनन्,’ ह्युमन राइट्स वाचकी माया वाङले एएफपीसँग भनिन्। यो घोषणा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको अन्तिम दिन गरिएको हो। कान्तिपुर अनलाइनबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
ढाका– बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दमन गर्ने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै त्यहाँको अदालतले तत...
केदारनाथमा हेलिकप्टर दुर्घटना हुदा सात जनाको मृत्यु (नामवली सहित)
भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। नवभारत टाइम्सका अनुसार केदारनाथ क...
अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका ...
ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब यो भिड...
नासाको मिसन फेरी रोकियो, सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै ढिलाइ
काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी...
भारतको जीडीपी ६.२ प्रतिशतले बढ्यो
भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) को तेस्रो त्रैमासिकमा ६.२ प्रतिशतको ...









