
असार २६ इनरुवा/इनरुवा १० बलाहा निवासी दिपेश भट्टराईको “सानी नानी” बजारमा आएको छ ।युवा गायक दिपेश भट्टराईको सानी नानी पहिलो गिति एल्बम हो । उनको गित गत साता सार्वजनिक भएको हो । सांगितिक क्षेत्रमा पाइला अघि बढाएका दिपेशको पहिलो गिति एल्बममा एउटा मात्रै सानी नानी बोलको गित समावेश छ ।

राजन तिमल्सिना र स्वयं गायक दिपेशको शब्द रहेको सो गितमा राजन तिमल्सिनाले संगीत दिएका छन् ।उक्त म्युजिक भिडियो यतिवेला यूट्युबमा निकै चर्चित बनेको छ भने नेपाली संचारमाध्यममा समेत छाउन थालेको छ । सो म्युजिक भिडियोमा गायक दिपेश भट्टराई र वर्षा राउतकोे अभिनय रहेको छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस








