काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्न नसक्ने प्रस्ट पारेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहयोग माग्दै भेट्न आइपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सो निर्णय सुनाएका हुन् ।
दाहालले प्रधानमन्त्री ओलीसँग समेत कांग्रेसले आफूलाई सहयोग गर्ने भन्दै राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहयोग गर्नुपनृ दबाब दिँदै आएका छन् । तर, कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओली र एमालेसँव आफ्नो कुनै दुष्मनी नभएको भन्दै दाहालको प्रस्ताव ठाडै अस्विकार गरेका हुन । उनले माओवादीले सरकार छाडेर आए चाँही सरकार गठनका बारेमा छलफल गर्न सकिने कांग्रेसको जवाफ थियो ।
यसअघि प्रधानमन्त्री ओली सहमति सरकारको लागि समर्थन गर्न भन्दै आफूहरुसँग छलफल गर्न आएको भन्दै देउवाले भने’ ओलीलाई समर्थन गरेनौं भने तपाईंलाई कसरी समर्थन गर्न सक्छौं ।’ कांग्रेसका नेताहरुले प्रमुख दुई ठूला दल कांग्रेस र एमाले मध्ये एउटा सत्ता र अर्को प्रतिपक्षमा बस्नुपर्ने निष्कर्ष समेत दाहाललाई सुनाएका थिए ।अाजको राजधानी दैनिकमा खबर छ ।








