आश्विन १८, २०७२- अफगानिस्तानको कुन्दुजस्थित अस्पतालमा भएको अमेरिकी हवाई आक्रमणको अनुसन्धान गरिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताएका छन्। १९ जनाको ज्यान गएको उक्त घटनालाई संयुक्त राष्ट्रसंघले युद्ध अपराधको संज्ञा दिएको छ। आक्रमणमा मारिएकामा १२ कर्मचारी र ७ बिरामी छन्। बिरामीमध्ये तीन बालबालिका छन्। अन्य ३७ जना घाइते छन्।

अफगानी रक्षा मन्त्रालयले भने आतंककारीको एक समूह अस्पताललाई आड लिएर सुरक्षा फौज र सर्वसाधारणमाथि आक्रमण गरिरहेकाले प्रत्याक्रमण गरिएको दाबी गरेको छ। राष्ट्रसंघका महासचिव बान कि मुनले घटनाको विस्तृत अनुसन्धान गर्न आदेश दिएका छन्। राष्ट्रसंघीय मानवअधिकार उच्चायोगले घटनालाई दु:खद र अक्षम्य भनेको छ। गम्भीर ढंगले अनुसन्धान भए अन्तर्राष्ट्रिय कानुनको उल्लंघन ठहर हुने आयोगले बताएको छ।

अस्पतालको सञ्चालक मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) ले उक्त क्षेत्रमा अस्पताल रहेको बारे सबै पक्षलाई जानकारी भएको बताएको छ। ‘एक्कासि बमबारी सुरु भयो, बिरामीहरूलाई बचाउन बंकरमा लग्यौं,’ एमएसएफ प्रमुख हेमन नेगराथमले भने। उनका अनुसार हरेक १५ मिनेटको फरकमा करिब १ घण्टासम्म अस्पतालमा बमबारी भएको थियो। त्यसबीचमा नेटो सैनिकको आधार शिविर र अमेरिकी राजधानी वासिंटनमा समेत फोन गरेर जानकारी दिइएको थियो।

अफगानिस्तानस्थित अमेरिकी सेनाका प्रवक्ता कर्णेल ब्रायन ट्रिबुसले भने दिउँसो सवा २ बजे गरिएको हवाई आक्रमणका क्रममा अस्पतालमा क्षति पुगेको हुन सक्ने दाबी गरे। ‘हामी यकिन तथ्य जान्ने प्रयासमा छौं। प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्छौं,’ अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले भने, ‘यस दु:खदायी घटनाको अनुसन्धान भइरहेको छ।’

अफगानी राष्ट्रपति असरफ घानीले त्यस घटनाप्रति गठबन्धन सेनाले माफी माग्नुपर्ने बताएका छन्। अफगानी गृह प्रवक्ता सादिक सिद्दिकीले भने १० देखि १५ आतंकवादी अस्पतालमा लुकेका कारण घटना भएको दाबी गरेको छ। मारिएका अधिकांश आतंकवादी र केही चिकित्सक रहेको उनको दाबी छ।

साभार: कान्तिपुर

तपाईको प्रतिक्रिया

trusted online casino malaysia