९ साउन, काठमाडौं । सरकारको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद चर्किएको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणा पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएपछि विवाद भएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा अध्यक्ष लोकेन्द्रबहादुर चन्द समूह सहत छैन ।
राप्रपाबाट श्रम तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दीपक बोहोरा र वाणिज्य मन्त्रालयको नेतृत्व जयन्त चन्ँदले सम्हाल्दै आएका थिए । बैठकले व्यवस्थापिका संसदमा टेवल गरेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पार्टीको विधानअनुसार संसदीय दललाई निर्देशनसमेत दिएको छ ।








