काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोगसहित चारबुँदे माग राखेर १६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच आइतबार सम्झौता भएको छ ।
सरकारको तर्फबाट वार्ता टोली संयोजक डा. सेनेन्द्रराज उप्रेतीसहित निमित्त शिक्षासचिव लवदेव अवस्थी र प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।
के–के छ सम्झौतामा ?
- प्रस्तावित मनमोहन मेडिकल कलेजको सम्पत्ति वीर अस्पतालका लागि किन्ने
- एक प्रदेशमा एक मेडिकल खोल्ने
- महाअभियोग विषय संसद प्रवेश गरिसकेकाले सरकारले केही गर्नुपर्ने
- आगामी १० वर्षसम्म उपत्यकामा नयाँ सम्बन्धन नदिने र मनाशयपत्र नवीकरण गर्ने
- चिकित्सा शिक्षा विधेयकमा छुटेका विषय थप्ने
- शुल्क र अधिकतम सिट संख्यासम्बन्धी पुरानो सम्झौता कार्यान्वयन गर्ने
- यसै वर्षदेखि केन्द्रीय प्रवेशपरिक्षा गर्ने जिम्मा चिकित्सा आयोगलाई दिने








