काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ । व्यवस्थापिका संसदमा प्रस्तुत सरकारविरुद्धको अविश्वस प्रस्ताव भारी मतले पारित हुने सम्भावना बढेसँगै प्रधानमन्त्रीले आइतबार संसद बैठकमा केपी ओलीले राजीनामा घोषणा गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्दै संसदमा सहभागी राजनीतिक दललाई सहमतिको सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेकी छिन् । परम्परा र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सोमबार सात दिनको समय दिएर सहमतीय सरकारका लागि आह्वान गर्नेछिन् । आजको नागरिक दैनिकमा खबर छ ।









