japan asakta narsanhar1

टोकियो । मानसिक रोगीहरुको स्याहार केन्द्रमा छुरा प्रहार गरी १९ जनाको विभत्स हत्या गर्ने व्यक्तिको तस्विर सार्वजनिक भएको छ । प्रहरी भ्यानमा छिर्दै गर्दा मुस्कुराउँदै छिरेको तस्विर यतिबेला निकै चर्चाको विषय बनेको छ ।

मंगलबार घटेको टोक्यो सहरबाट पश्चिममा रहेको सागामिहारामा भएको उक्त घटनामा २५ जना घाइते भएका छन् जसमध्ये २० को अवस्था चिन्ताजनक रहेको जापानी अधिकारीहरुले जनाएका छन् । ती व्यक्तिले हत्यापछि ट्वीटरमा समेत ‘अशक्तहरुको यो संसारबाट सफाया’ गर्ने भन्दै लेखेको खुलासा भएको छ ।

२६ वर्षीय सातोषी उमात्सुले हतौडाले स्याहार केन्द्रको झ्याल फोडेर भित्र पसेर नरसंहार मच्चाएका थिए । ‘संसारमा शान्ति होस्, सुन्दर जापान,’ उनले ट्वीटरमा थप लेखेका छन् ।

यस्तो घटना बिरलै हुने जापानमा यसलाई दोस्रो युद्धपछिकै ठूलो नरसंहार भएको बताइएको छ । केन्द्रकै पूर्व कर्मचारी उमात्सु आफै प्रहरीसमक्ष पुगेर आफूले हत्या गरेको स्व्किारेका थिए ।

घटनामा मारिनेमा ९ महिला र १० पुरुष रहेका छन् । गत फेब्रुअरीमा उनले अशक्तहरुलाई औषधी खुवाएर मार्नुपर्ने प्रस्ताव संसद्मा पठाउने तयारी गरेको स्थानीय मिडियाले जनाएका छन् ।

japan asakta narsanhar

रातोपाटिबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia