prime minister pradhan mantri ko karyalaya
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रूपमा भारत र चीन जान लागेका उपप्रधानमन्त्रीहरूले त्यहाँको उच्च नेतृत्वलाई भेट्ने भएका छन्। भारत र चीनका राजदूतहरूले विशेष दूतलाई उच्चस्तरको भेट गराइने आश्वासन परराष्ट्र मन्त्रालयलाई दिएका छन्।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले भारत र चीनका राजदूतहरूलाई शुक्रबार मन्त्रालयमा नै बोलाएर सरकारले विशेष दूत पठाउने निर्णय लिएको र भ्रमण टोलीको तयारीबारे औपचारिक जानकारी गराएका थिए। चिनियाँ राजदूत उ छुन्थाईले सरकारको यो निर्णयप्रति खुसी व्यक्त गरे।
भारतीय राजदूत दिल्लीमा नै रहेका कारण कार्यवाहकको जिम्मेवारीमा रहेका नियोग उपप्रमुख विनय कुमार परराष्ट्र मन्त्रालय पुगेका थिए। उनले पनि सरकारको निर्णयप्रति खुसी व्यक्त गर्दै नेपालसँगको सम्बन्धलाई आफ्नो देशले महत्त्व दिइरहेको बताए। दुवैसँगको छलफलपछि मन्त्रालयले भदौ पहिलो साताभित्र दुवै मुलुकमा विशेष दूत जाने प्रायः निश्चित भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार निधि मंगलबारभित्र भारत जाने छन् भने महरा शुक्रबारभित्र चीन पुग्ने गरी तयारी अघि बढेको छ। विशेष दूतका रूपमा भारत जान लागेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले समकक्षी राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजसँग मात्र होइन, प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटसमेत पाउने गरी परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी अघि बढाएको छ।
निधिको भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याई असमझदारी चिर्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण तत्काल गराउन गृहकार्य अघि बढाइने जानकारी परराष्ट्रका अधिकारीले दिए।
उनले नेपाल र भारतबीचमा अघि बढेका दुईपक्षीय सहकार्यहरूबारे समेत छलफल गर्नेछन्। प्रधानमन्त्रीको भ्रमणमा गरिने सहमति तथा सम्झौताका बारेमा प्रारम्भिक छलफल हुनेछ।  अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia