काठमाण्डाै । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद हुनु नौलो विषय होइन। मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन्। मन्त्री बन्न हरेक पार्टीमा हानाथाप नै हुने गरेको छ। यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी परित्यागसमेत गरेका छन्।
पार्टीले मन्त्री छनोट गर्दा योग्यता, क्षमता, दक्षता, पार्टीलाई दिएको योगदानलाई आधार बनाउँदै आएको बताउने गरेका छन्। माओवादीबाट मन्त्री बन्नेहरुलाई अहिले सचिवालयमा नियुक्त गर्ने व्यक्ति छनोट गर्न महाभारत भएको छ। माओवादी नेतृत्वको सरकारले पार्टीका तर्फबाट एक जना उपप्रधानमन्त्री र दुईजना मन्त्री नियुक्त भइसकेका छन्।
मन्त्री बनेसँगै पार्टीभित्रका नेतापिच्छे नै सचिवालयमा नियुक्त गर्नका लागि आउने नामले मन्त्रीहरु हैरान भएका छन्। पार्टीभित्रका जनवर्गीय संगठनका नेताहरुले सचिवालयमा आफू निकटका व्यक्तिहरुलाइृ राख्न दबाब दिने गरेका छन्। मन्त्रीहरुले बढीमा आठ जनासम्मलाई नियुक्त गर्न पाउने प्रावधान रहेको छ।
तर पार्टीका नेताहरुको व्यक्ति व्यक्तिपिच्छे नाम पठाउँदा मन्त्रीहरुलाई सचिवालय विस्तार गर्न अप्ठ्यारो परेको एक माओवादीका नेताले बताए। उनका अनुसार पार्टीभित्रका नेताहरुले डेढ सयभन्दा बढी व्यक्तिहरुको नाम सिफारिस गरेका छन्। अाजकाे नेपाल समाचार पत्र दैनिकमा खबर छ ।








