काठमाडौं । सवारी साधनको संख्या तीव्र रुपमा बृद्धि भएसँगै सवारी चालक अनुमतिपत्र लिनेको संख्यासमेत बढ्दै गएको छ । हाल देशभर १९ लाख १९ हजार २९ सवारी चालक अनुमतिपत्र जारी भएका छन् । यो संख्या कम्प्युटरमा उतारिएको एकीकृत तथ्यांक हो ।
एक पटक जरी भएको लाइसेन्सको अवधि ५ वर्ष हुने र उक्त लाइसेन्स अवधि सकिएको ५ वर्षसम्म नवीकरण नगरे स्वतः खारेज हुने व्यवस्था यातायात व्यावस्था ऐन २०४९ मा छ । विभागको तथ्यांक अनुसार सवैभन्दा धेरै लाइसेन्स बागमती अञ्चलबाट जारी भएको छ । असार सम्ममा ७ लाख ७५ हजार ५७८ ले बागमतिबाट लाइसेन्स लिएका छन् ।अाजको काराेबार दैनिकमा खबर छ ।









