काठमाण्डाै । चालकको लापरबाहीले दुर्घटना बढेको निष्कर्षसहित दुई वर्षअघि सरकारले कडा प्रावधानसहितको सवारी चालक अनुमतिपत्र निर्देशिका बनायो। निर्माण तथा यातायात मन्त्रालयले बनाएको निर्देशिका मन्त्रिपरिषदबाट पारित पनि भयो। तर, त्यो निर्देशिका अहिले गायब भएको छ ।
तर, लाइसेन्सको निर्देशिका भने निर्णय भएको दुई वर्षसम्म पनि राजपत्रमा प्रकाशित गरिएको छैन। यातायात व्यवसायी तथा यातायात मजदुरको दबाबमा सो निर्देशिका अलपत्र पारिएको हो।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।








