काठमाण्डाै । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनप्रति सकारात्मक दृष्टिकोण रहे पनि राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने घोषणा गरेको छ । स्थायी समितिको जारी बैठकले सो निर्णय गरेको हाे ।

‘हाम्रो पार्टी सैद्धान्तिक रुपमा संविधानको संशोधनप्रति सकारात्मक दृष्टिकोण राख्छ । तर, राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्तावलाई अस्वीकार गर्ने कुरा बैठकले स्पष्ट गरेको छ,’ बैठकपछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।

एमालेले नयाँ सत्ता समीकरणका नेतृत्वकर्ता दलहरुको गतिविधि र नियत कुनै पनि निर्वाचन नगराई मुलुकलाई संवैधानिक रिक्ततातर्फ धकेल्ने रहेको भन्दै पूर्ववर्ती सरकारले घोषणा गरेअनुरुप नै निर्वाचन हुनुपर्ने निष्कर्षसमेत निकालेको छ।आजको राजधानी दैनिकमा खबर  छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia