काठमाडौं / लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ । अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आइतबार विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिने भएको छ ।उपचारको क्रममा गुरुङको बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो ।









