काठमाडौँ / विदेश गएर १५ वर्षसम्म हराएको आफन्त एक्कसी फेसबुकमा देखिँदा कस्तो लाग्ला ? पक्कैपनि त्यो परिवारसँग खुसीको सीमा रहँदैन । म्याग्दीको एक परिवारले यस्तै नियती भोगेको छ ।
लामो समयदेखि सम्पर्कविहीन भएका म्याग्दीका सूर्य केसी एक्कासी फेसबुकमा देखिएका छन् । तर, उनको अवस्था नाजुक देखिएकाले सूर्य खोजी गरेर नेपाल फिर्ता गरिदिन परिवारले अनुरोध गरेको छ ।रोजगारीको लागि १५ वर्ष अगाडि मलेसिया आएका अर्मन गाविस वडा नं ८ धारा म्याग्दीका केसी अझै परिवारको सम्पर्कमा छैनन् ।








