Salman-modi1

मुम्बई / बलिउड अभिनेता सलमान खानले पाकिस्तानी कलाकारको सुरक्षा गर्न मोदी सरकारसँग माग गरेका छन् । काश्मिरको उरी आक्रमणपछि चर्केको विवादलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी निकट मानिने महाराष्ट्र नव निर्माण सेनाका कार्यकर्ताले पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टाको अल्टिमेटमसहित नगए पिटीपिटी भगाउने धम्की दिएका थिए ।यो धम्कीको कडा शब्दमा प्रतिवाद गर्दै मंगलबार सलमानले पाकिस्तानी कलाकारको पक्षमा बलिउड कसैको बाउको जागिर गर्ने थलो होइन् यहाँ सबैले काम गर्न सक्छन् भनेका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराउँदै सलमान खानले भनेका छन्- ‘कलाकारले जुनसुकै ठाउँमा पनि काम गर्न सक्छन्, भारतीय निर्देशकले कामका लागि कसनैपनि राष्ट्रको कलाकार ल्याउन सक्छन् । यसलाई कसैले रोक्न सक्दैन् । पाकिस्तानी अभिनेता फवाद खानको संलग्नतामा चलचित्र निर्माण गरिरहेका सलमान खानले पाकिस्तानीको पक्षमा बोल्नुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धम्की आउन थालेपछि पाकिस्तानी कलाकार फवाद खानले भारत छाडेका छन् । ओएस नेपालबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia