काडमाडौं / सत्ता गठबन्धन दुई दल कांग्रेस र माओवादी केन्द्रले बाँकी रहेको चार मन्त्रालय बाँडफाँडको तयारी गरेका छन् । चारमध्ये एक कांग्रेस र एक माओवादी केन्द्रले लिनेछन् भने बाँकी दुई मन्त्रालय मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका लागि खाली राख्ने तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका अनुसार प्रधानमन्त्री अहिले चार मन्त्रालय आफैँसँग राख्नुभन्दा मन्त्री थप गरेर सरकारलाई पूर्णता दिने पक्षमा रहेको छ ।








