काठमाडौं / समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक नडाकिएको भन्दै कांग्रेसमा असन्तुष्ट बढेको छ। सभापति शेरबहादुर देउवा आफ्नो समूहमा मात्र सीमित भएको नेता रामचन्द्र पौडेल पक्षले आरोप लगाएको छ। तत्काल केन्द्रीय समिति बोलाएर सबै विषयमा छलफल गर्न पौडेल पक्षले मागसमेत गरेको छ। ‘संविधान संशोधन, राज्य पुनर्संरचना, पार्टीको आन्तरिक र सरकार सञ्चालनका विषयमा छलफल गर्दै धारणा बनाउन ढिला भइसक्यो,’ पौडेल पक्षका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने, ‘हामीले सभापतिलाई केन्द्रीय समिति बैठक डाक्न भन्दै आएका छौँ, तर महत्वपूर्ण विषयमा पार्टीले धारणा बनाउनुपर्ने वेला उहाँले बैठक डाकिरहनुभएको छैन।’
तर, सभापतिले बैठक डाक्न आनाकानी गरी कोठाबाटै पार्टी चलाउनुभएको छ।’ दुई महिनाभित्र मनोनीत गर्नुपर्ने पदाधिकारी, केन्द्रीय समितिको पूर्णता, विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति गठन पनि सभापतिले गर्न नसकेको पौडेलको भनाइ छ। मन्त्री छान्दा पनि केन्द्रीय समितिले छलफल गरी संसदीय बोर्डले टुंगो लगाउनुपर्ने भए पनि त्यो हुन नसकेको आरोप उनले लगाए। आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ।








