काठमाडौं / आमरण अनसनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिदै गएपछि उनीसँगैको कोठामा सोमबार भेन्टिलेटर र डिसि सक मेसिन तम्तयार अवस्थामा राखिएको छ । एकदिन अघि केसीको मुटूको चाल कम हुने समस्या देखिएपछि कुनै पनि समय हुन सक्ने सम्भावित स्वास्थ्य सम्बन्धि जोखिमलाई दृष्टिगत गरी तयारी अवस्थामा राखिएको त्रिवि शिक्षण अस्पताल आइसियुका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्यले बताए ।
केसीलाई रिंगटा लाग्ने समस्या देखिएको छ भने उनको पिसाबमा एसिटोन देखिइ सकेको छ । उनलाई मांसपेशी र छाती दुख्ने समस्यासमेत देखिएको छ । छातीको दुखाइ धेरै भएपछि शुक्रबारदेखी नै उनलाई अक्सिजन दिन थालिएको छ । आजको कान्तिपुर दैनिकमा खबर रहेको छ।








