Srilanka-rastrapati-2

 उपप्रधानमन्त्री प्रकाशमान सिंह र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच आज यहाँ भेटवार्ता भएको छ । सो अवसरमा दक्षिण एसियाली सहयोग सङ्गठन सार्क, कुनै किसिमको समस्या नरहेको दुई देशबीचको सम्बन्ध तथा सहयोगका विविध पक्षका बारेमा छलफल भएको थियो ।

श्रीलङ्काली राष्ट्रपतिले विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूमा हिन्दू मन्दिर निर्माणमा सहयोग गर्ने तथा उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा राख्नुभएको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बताउनुभयो । शान्तिका प्रतीक बुद्ध नेपालमा जन्मनुभएको र श्रीलङ्कामा बौद्ध धर्मावलम्बीहरु रहेको हुँदा दुवै देशको संस्कार र संस्कृतिमा पनि समानता रहेको बारेमा पनि सो अवसरमा छलफल भएको थियो ।

साभार:पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia