jhumkaa karagar sanskritik program
६ मंसिर, झुम्का /क्षेत्रीय कारागार झुम्कामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । झुम्का कारागार ब्लक नम्वर २ परिवारको आयोजनामा सांगितिक कार्यक्रमको आयोजना गरिएको हो । कैदीबन्दीहरुको मनोरञ्जनकालागि आयोजित सांगितिक कार्यक्रममा ज्योति मगर, माण्डवी त्रिपाठी, मेलिना राई, सुमित खड्का, पारस थापा लगायतका कलाकारले प्रस्तुति दिएका थिए ।

हाम्रो डान्स सेन्टर धरानले समेत कैदीबन्दीहरुलाई मनोरञ्जन दिलाएको थियो । कलाकारहरुको प्रस्तुतिमा कैदीबन्दीहरु निकै झुमेका देखिन्थे । ज्योति मगरको नृत्यले सबैलाई लठ्याएको थियो । ज्योतिको कम्मर मकाईसँगै उनको उत्तेजक नृत्यमा सबैजसोका आँखा एक टहक देखिएका थिए ।

jhumkaa karagar sanskritik program1
झुम्का कारागारलाई पछिल्लो समय सुधारगृहका रुपमा बिकास गराइदै लगिएको छ । कारागारमा कैदीहरुकालागि शिक्षा मूलक कार्यक्रम सहित बेलाबखत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितीमा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गराइने गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia