एजेन्सी । बलिउडका सुपर स्टार सलमान खानले ५ महिने एक नाबालको ज्यान बँचाएका छन्। उक्त ५ महिने बालककी आमाको गर्भवती भएको समयमा मृत्यु भएको थियो। सँधैजसो दु:खीलाई सहयोग गरेर वास्तविक नायक बनेका सलमानले उक्त बच्चालाई बँचाउनका लागि एक करोड रुपैयाँ भारु खर्च गरेको भारतीय संचार माध्यमले जनाएका छन्। अहिले ति नाबालकको हर्ट सर्जरी भईसकेको छ।

 रील र रियल लाईफमा उस्तै रहेका सलमान खानले यस्तै दिन दु:खीको सहयोगका लागि सन् २००७ मा विग ह्यूमन नामक संस्था स्थापना गरेका थिए। जुन संस्थाबाट लाखौँ पिडीतले सहयोग पाएका छन्।

सलमानले विग ह्यूमन नामक संस्था मार्फत बाल बच्चाको स्वास्थ्य, शिक्षा, हर्ट सर्जरी लगाएत तमाम रोगीको सेवा गर्न करिब ५० करोड भन्दा बढि भारतीय रुपैयाँ खर्च गरिसकेका छन्। जसमा एक हजार भन्दा बढिको हर्ट सर्जरी गरेको तथ्याकमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia