१९ पुष, इटहरी । अभिभावक विछोडिएका तथा सानैमा विवाह भई विधवा हुन पुगेका र साथीभाईको उलामालोमा लागि होटल रेष्टुरा क्याविन मसाज पार्लर र सर्कस जस्ता मनोरञ्जनका क्षेत्रमा बाध्यता बस लगाईएका बालिका तथा किशोरीहरुको संरक्षणमा अव राज्यले विशेष योजना सहितको कार्यक्रम ल्याउनु पर्ने कुरामा सरोकारावालाहरुले जोड दिएका छन ।

प्लान नेपालको सहयोगमा उप्का नेपालले अवसर परियोजना अन्तर्गत सञ्चालन गर्दै आएको मनोरञ्जन क्षेत्रका बालिका तथा किशोरीहरुले भोग्नु परेका जोखिम न्यूनिकरण सम्वन्धि वडा नागरिक मञ्चसँगैको विशेष अन्तरक्रिया कार्यक्रममा सरोकारवाला विभिन्न क्षेत्रका बक्ताहरुले त्यस्तो धारणा राखेका हुन। विशेषगरी पूर्वी पहाडी जिल्लाहरु धनकुटा भोजपुर सङ्खुवासभा तेह्रथुम ताप्लेजुङ्ग उदयपुर खोटाङ्ग ओखलढुङ्गा लगायतका जिल्लाका गरिव दलित सिमान्तकृत र आदिवासी जनजातीका बालिका तथा किशोरीहरुलाई तराईका ठूला शहरमा सञ्चालन हुने गरेका होटल लज रेष्टुरा क्याविन,मसाज पार्लर तथा सरकास लगायतका क्षेत्रमा ल्याई प्रलोभनमा पारेर शारिरीक र मानसिक प्रताडना दिने गरेको पाईएकोप्रति गम्भीर चासो राखिएको छ ।

उप्का नेपालको अवसर परियोजना दोस्रो अन्तर्गत इटहरी तथा यस आसपासका क्षेत्रमा रहेको होटल लज क्याविन रोष्टुरा लगायतका क्षेत्रमा झण्डै ५ सय बढि बालिका र किशोरीहरुलाई जवरजस्ती वा प्रलोभनमा पारेर काममा लगाईने गरेको तथ्याङ्क फेला पारेपछि कार्यक्रम सञ्चालनपछि अवस्थामा सुधार आए पनि त्यो इटहरीसँग जोडिएका क्षेत्रमा गएकोप्रति पनि चिन्ता ब्यक्त गरिएको छ ।

यो अवसर परियोजनाले बालिका तथा किशोरीहरुलाई चरम शारिरीक र मानसिक तनावसँगै यौन शोषणको जोखिमबाट मुक्ति दिनका लागि आपतकालिन सेवा केन्द्रसँगै किशोरी शिक्षा एवम सिप प्रदान गर्ने परियोजना मार्फत उनीहरुलाई समाज वा परिवारमा पुनस्थापित गराउने कार्य सफल भए पनि यसलाई दीगोपना दिन राज्यले तत्काल ठोस नीति तथा कार्यक्रम ल्याउनु पर्ने कुरामा पनि जोड दिएको छ । इटहरी १२ वडा नागरिक मञ्चकी अध्यक्ष कल्पना चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाको संयुक्त वडा कार्यालयका प्रमुख बालकृष्ण पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजेन्द्र बास्तोल देवेन्द्र बास्तोला टीकाप्रसाद दाहाल राजेश कोईराला भूमि चौधरी दधिराम चौहान सुप्रिया राई लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia