भीमदत्तनगर : कृषि पेसा अङ्गालेका पल्टु चौधरीसँग एक दशकअघि ट्र्याक्टर खरिद गर्दा लागेको बैंकको २२ लाख रुपैयाँ ऋण थियो। पेसाप्रतिको लगाव र लगनशील भएर लागेका कारण कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– १ वन्शाहका चौधरी अहिले माछापालन व्यवसायबाट लखपति बनेका छन्। “माछा पोखरी छँदै कृषिका लागि भनेर ट्र्याक्टर पनि किनेको थिएँ” पल्टु चौधरीले भने “त्यो ट्र्याक्टरले २२ लाख रुपैयाँसम्म बैंकमा ऋण भयो।” विसं २०४३ देखि माछापालन गर्दै आएका उनले २०५६ सालदेखि माछाका भुरा उत्पादन गर्ने हेचरी सञ्चालनमा ल्याए। भुरा उत्पादन गर्ने हेचरी कञ्चनपुरमै उनको मात्रै छ। “माछापालन र उत्पादनकै कारण आज म त्यो २२ लाख ऋण तिरेर वार्षिक सात/आठ लाख रुपैयाँ आम्दानी गरिरहेको छु ।” डेढ बिगाहा खेतमा माछा पोखरी बनाएर व्यावसायिक माछापालनमा लागेका चौधरीले भने – “अहिले वार्षिक एक करोड जति भुरा उत्पादन गरी बिक्री गर्दैछु ।’ उनले उत्पादन गरेका भुरा कञ्चनपुर, डडेल्धुरा, बर्दियासम्मका किसानले खरिद गर्ने गरेका छन् । “मैले मागअनुसारको भुरा उत्पादन गर्न सकिरहेको छैन।” विसं ०५६ को दशकमा सम्दीबाट हेचरी सञ्चालनको प्रेरणा पाएका चौधरीले भने “हेचरीमा दक्ष प्राविधिक ज्ञान भएको किसान नभएकाले उत्पादन बढाउन सकिएको छैन।” १२ लाख लगानी गरेर हेचरी सञ्चालनमा ल्याएका चौधरीलाई इलम हेल्भटास नामक संस्थाले ५० प्रतिशत आर्थिक लगानी सहयोग गरेको थियो। जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले प्राविधिक तथा अन्य सहयोग गर्दै आएको चौधरीले बताए। “मलाई कृषि विकास कार्यालयले धेरै सहयोग गरेको छ” चौधरीले भने “माछापालन फस्टाएकै कारण ऋण तिरेर घडेरीसमेत किनेको छु।” आफू माछापालन व्यवसायमा लागेर सन्तुष्ट रहेको बताउने पल्टु चौधरीलाई परिवारका सबै सदस्यले व्यवसायमा रामै्र साथ दिएका छन्। “दुईजनालाई रोजगारीसमेत दिएको छु” चौधरीले भने “वार्षिक रु १४÷१५ लाखको कारोबार हुन्छ।” त्यसमा सात लाखजति गत वर्ष फाइदा भएको उनले बताए। माछापालनमा जिल्लाकै सफल व्यवसायी मानिने चौधरी माछापालनसम्बन्धी तालिम तथा गोष्ठीमा सहभागी हुन भैरहवा, जनकपुरदेखि काठमाडौंसम्म पुगिसकेको बताउँछन् । “माछाको माग स्थानीय बजारमै बढी छ” उनले भने “खपतका लागि बजारको कुनै चिन्ता छैन।” हाल उनले सिल्भर, नैनी, रोहुलगायतका जात प्रजातिका माछाका भुरा उत्पादन गर्ने गरेका छन्। “महँगोमा एउटा भुरा पाँचसम्मको पनि उत्पादन हुन्छ” उनले भने “माछापालनका लागि प्राविधिक ज्ञान लिनु जरुरी छ।” सुदूरपश्चिममा कैलालीको सुख्खड र कञ्चनपुरको झलारीपिलाडी नगरपालिका–१ मा गरी दुईवटा हेचरीमात्रै रहेका छन्। “मैले गतवर्ष आठ क्विन्टलजति माछा बिक्री गरेको थिएँ” उनले भने “पछिल्लो समय मैले भुरा उत्पादनमा बढी ध्यान दिएको छु” “जिल्लाको एकमात्रै सफल हेचरी सञ्चालक भनेर बेलाबखतमा सम्मानित हुँदा गर्व लाग्छ ” उनले भने “हेचरीले दाम र नाम दुवै दिएको छ।” पहिलोपोष्टबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने, चिट चोरे ४ वर्षका लागि निषेध
काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गते...
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
काठमाडौं। ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदार...
सीप सिकेर आत्मानिर्भर बन्दै ताप्लेजुङका महिला
ताप्लेजुङ । ताप्लेजुङका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालि...
युद्धकै बिच ११ नेपाली केयरगिभरकाे काम गर्न इजरायल उडे
काठमाडौँ । युद्धकै बिच ११ जना नेपाली केयरगिभर इजरायल उडेका छन्। केयरगिभरको रूपमा काम गर्न उनीहरू इजरायल उडेका हुन्। इजरा...
कोरियामा पानीजहाज कम्पनीमा कामदार पठाउन खुल्यो आवेदन
काठमाडौँ । दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यह...
पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा
काठमाडाै । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपा...