भीमदत्तनगर : कृषि पेसा अङ्गालेका पल्टु चौधरीसँग एक दशकअघि ट्र्याक्टर खरिद गर्दा लागेको बैंकको २२ लाख रुपैयाँ ऋण थियो। पेसाप्रतिको लगाव र लगनशील भएर लागेका कारण कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– १ वन्शाहका चौधरी अहिले माछापालन व्यवसायबाट लखपति बनेका छन्। “माछा पोखरी छँदै कृषिका लागि भनेर ट्र्याक्टर पनि किनेको थिएँ” पल्टु चौधरीले भने “त्यो ट्र्याक्टरले २२ लाख रुपैयाँसम्म बैंकमा ऋण भयो।” विसं २०४३ देखि माछापालन गर्दै आएका उनले २०५६ सालदेखि माछाका भुरा उत्पादन गर्ने हेचरी सञ्चालनमा ल्याए। भुरा उत्पादन गर्ने हेचरी कञ्चनपुरमै उनको मात्रै छ। “माछापालन र उत्पादनकै कारण आज म त्यो २२ लाख ऋण तिरेर वार्षिक सात/आठ लाख रुपैयाँ आम्दानी गरिरहेको छु ।” डेढ बिगाहा खेतमा माछा पोखरी बनाएर व्यावसायिक माछापालनमा लागेका चौधरीले भने – “अहिले वार्षिक एक करोड जति भुरा उत्पादन गरी बिक्री गर्दैछु ।’ उनले उत्पादन गरेका भुरा कञ्चनपुर, डडेल्धुरा, बर्दियासम्मका किसानले खरिद गर्ने गरेका छन् । “मैले मागअनुसारको भुरा उत्पादन गर्न सकिरहेको छैन।” विसं ०५६ को दशकमा सम्दीबाट हेचरी सञ्चालनको प्रेरणा पाएका चौधरीले भने “हेचरीमा दक्ष प्राविधिक ज्ञान भएको किसान नभएकाले उत्पादन बढाउन सकिएको छैन।” १२ लाख लगानी गरेर हेचरी सञ्चालनमा ल्याएका चौधरीलाई इलम हेल्भटास नामक संस्थाले ५० प्रतिशत आर्थिक लगानी सहयोग गरेको थियो। जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले प्राविधिक तथा अन्य सहयोग गर्दै आएको चौधरीले बताए। “मलाई कृषि विकास कार्यालयले धेरै सहयोग गरेको छ” चौधरीले भने “माछापालन फस्टाएकै कारण ऋण तिरेर घडेरीसमेत किनेको छु।” आफू माछापालन व्यवसायमा लागेर सन्तुष्ट रहेको बताउने पल्टु चौधरीलाई परिवारका सबै सदस्यले व्यवसायमा रामै्र साथ दिएका छन्। “दुईजनालाई रोजगारीसमेत दिएको छु” चौधरीले भने “वार्षिक रु १४÷१५ लाखको कारोबार हुन्छ।” त्यसमा सात लाखजति गत वर्ष फाइदा भएको उनले बताए। माछापालनमा जिल्लाकै सफल व्यवसायी मानिने चौधरी माछापालनसम्बन्धी तालिम तथा गोष्ठीमा सहभागी हुन भैरहवा, जनकपुरदेखि काठमाडौंसम्म पुगिसकेको बताउँछन् । “माछाको माग स्थानीय बजारमै बढी छ” उनले भने “खपतका लागि बजारको कुनै चिन्ता छैन।” हाल उनले सिल्भर, नैनी, रोहुलगायतका जात प्रजातिका माछाका भुरा उत्पादन गर्ने गरेका छन्। “महँगोमा एउटा भुरा पाँचसम्मको पनि उत्पादन हुन्छ” उनले भने “माछापालनका लागि प्राविधिक ज्ञान लिनु जरुरी छ।” सुदूरपश्चिममा कैलालीको सुख्खड र कञ्चनपुरको झलारीपिलाडी नगरपालिका–१ मा गरी दुईवटा हेचरीमात्रै रहेका छन्। “मैले गतवर्ष आठ क्विन्टलजति माछा बिक्री गरेको थिएँ” उनले भने “पछिल्लो समय मैले भुरा उत्पादनमा बढी ध्यान दिएको छु” “जिल्लाको एकमात्रै सफल हेचरी सञ्चालक भनेर बेलाबखतमा सम्मानित हुँदा गर्व लाग्छ ” उनले भने “हेचरीले दाम र नाम दुवै दिएको छ।” पहिलोपोष्टबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...
रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम
रामधुनी नगरपालिका, सुनसरीमा पुनः एकीकरण योजना (ReMi) अन्तर्गत GALS अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्...
भोक्राहा नरसिंहमा मेसन तालिम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा डकर्मी (मेसन) तालिम सम्पन्न भएको छ। युवा रोजगारीकालागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस...
भायानेटले माग्यो शाखाहरुकालागि कर्मचारी
काठमाडौं । भायानेटले विभिन्न पदमा आफ्ना शाखाहरुका लागि १३ जना कर्मचारी माग गरेको छ । नेटवर्क तथा इन्टरनेट सेवाप्रदायक यो...
दिवा खाजा कार्यक्रमकालागि विद्यालयमा सीप विकास तालिम
शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि गाउँपालिका शिक्षा ...
अर्जुन पौदारको फेमस सातु
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजार स्थित सुपरमार्केमा ठेला लिएर आईपुग्नुह...









