old-marriage budha budhu bihe

माघ १६, काठमाण्डौं ।गुल्मीको अर्वेनी ५ का लालबहादुर सुनारले ८१ बर्षको उमेरमा ४३ बर्षिय व्राम्हण महिलासँग बिहे गरेका छन । गएको पुष १ गते राती ८१ बर्षिय सुनारले स्थानीय महिलासँग शारिरिक सम्पर्क राखेको आरोपमा गाँउ निकाला भएका सुनार र स्थानीय सवित्रा न्यौपानेले बिवहा गरेका हुन ।

अर्वेनी गाँउ बिकास समितिका साहयक झविलाल न्यौपानको नेतृत्वमा गाँउका स्थानीयले उनिहरुलाई सुनुवारको घरमा यौनसम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरि गाँउ निकाला गरेका थिए ।

स्थानीयले घर भत्काएर जंगल पसेका सुनुवार र न्यौपानेको करिब डेढ महिनापछि दलितअधिकारकर्मीको सहयोगमा गाँउ फर्काएर बिवहा गरिदिएका हुन । बिवहामा बिभिन्न राजनीतिक दलका नेता बिभिन्न संघसस्थाका प्रतिनिधी जिल्ला प्रशासन कार्यलयका प्रमुख समेत सहभागी भएका थिए ।

बाजागाजासहित बिवहा गरेका ८१ बर्षिय सुनार २२ बर्षदेखी पत्नीको मृत्युभएपछि एक्लै जंगलको बीचमा घर बनाएर बस्दैं आएका थिए । ४३ बर्षिय सावित्री न्यौपानेका पति भएपनि उनले दिनहुँ रक्सी खाएर दुःख दिने गरेको बताएकी छन ।अन्र्तजातिय यौनसम्बन्ध राखेको आरोपमा गाँउ निकाला भएका उनिहरुमाथी अन्याय भएको भन्दै दलितअधिकारकर्मीले न्यायको लागी पहल गर्ने बताएका छन ।टिभी अन्नपूर्णको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia