काठमाडौं / मानवीय लापरबाही र असावधानीले काठमाडौं, ललितपुर र भक्तपुरमा डेढ बर्षको अवधिमा भएका आगलागीका घटनामा आठ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आगलागीबाट उपत्यकामा डेढ बर्षमा एक अर्ब रुपैयाँ भन्दा बढीको धनमाल खरानी भएका छन ।

महानगरीय प्रहरी कार्यालयको तथ्यांकले उपत्यकाका तीन जिल्लामा अघिल्लो आर्थिक बर्षयता (माघ १६ सम्म) दुइ सय १२ आगलागीका घटना भएको देखाउँछ ।काठमाडौंमा अघिल्लो आर्थिक बर्ष ८३ स्थानमा आगलागी भएकोमा चालू आवको हालसम्म ५२ घटना भइसकेका छन् ।

काठमाडौंमै १० महिनाको अवधिमा जलेर ११ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।अघिल्लो आर्थिक बर्ष १७ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

‘बजारमा थरीथरीका विद्युतीय उपकरण आएका छन्, प्रयोगमा हुने लापरबाही र असावधानी आगलागीको कारण हो ।’ जुद्ध बारुण यन्त्रालयका प्रमुख किशोर भट्टराईले भने ‘ग्यास लिक भएर पनि आगलागी भएको पाएका छौं ।’अाजकाे नागरीक दैनिकमा खबर छ

तपाईको प्रतिक्रिया

trusted online casino malaysia